• २०८१ बैशाख ७ शुक्रबार

अक्षयकुमार बने बलिवुडमा धेरै कमाई गर्ने सेलिब्रेटी 

kharibot

मुम्बई । बलिवुड अभिनेता सलमान खान र अक्षयकमार फोर्ब्सको अत्यधिक कमाई गर्ने सेलिब्रेटीमा बलिवुडबाट सबै भन्दा अगाडी देखिएका छन् । फोर्ब्सले जारी गरेको सुचिमा अक्षयकुमार ७६औ स्थानमा छन् भने सलमान खान ८२औ स्थानमा रहेका छन् ।

अक्षयकुमारले पछिल्लो १२ महिनामा ४.०५ करोड डलर अर्थात ४सय ४३ करोड कमाई गरेका छन् भने सलमान खानले पछिल्लो १२ महिनामा ४ सय १२ करोड कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ । 

यस सुचिमा बक्सर फ्लायड मेवेदरले सर्वाधिक ३१ अर्ब १९ करोड कमाई गर्दै शिर्ष स्थानमा रहेका छन् । त्यस्तै कलाकर जर्ज क्लोनिले २६ अर्ब १६ करोड कमाई गर्दै सुचिमा दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै यस सुचिमा अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीले १२ अर्ब १५ करोड कमाई गरेका छन् भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ११ अर्ब ८२ करोड नेपाली रुपैया कमाई गर्दै फोर्ब्सको सुचिमा ८औ र १०औ स्थानमा रहेका छन् । 

त्यस्तै महिला तर्फ भने टिभी स्टार एवं व्यपारी काइली जेनर १८ अर्ब २२ करोड कमाई गर्दै महिला तर्फ पहिलो र पुरुषसहितको सुचिमा तेस्रो स्थानमा रहेकी छन् ।

सय सेलिब्रेटीहरुले पछिल्लो १२ महिनामा अघिल्लो बर्षको तुलनामा २२ प्रतिशतले बढी कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै