• २०८१ बैशाख ८ शनिबार

एनआईसी एशिया बैंकले ल्यायो मिस्ड कल बैंकिङ्ग सेवा

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले श्रावण १ गतेबाट बैंकले मिस्ड कल बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  

यो सेवाको सुरुवात सँगै अब बैंकका आदरणीय ग्राहक महानुभावज्यूहरुले निम्न सेवाहरु मिस्ड कल गरेर प्राप्त गर्न सकिने भएको छ ।

यस सेवाबाट मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने, मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने,मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले मुलुकभर २३१ शखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

बैंकको वासलातको आकार रू. १७६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंक बनेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै