• २०८१ बैशाख १४ शुक्रबार

नयाँ शक्तिले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

kharibot

काठमाडौं  । नयाँ शक्ति पार्टी, नेपालले काठमाडौंको माइतिघरमा प्रर्दशन गरेको छ ।

नयाँ शक्ति पार्टी, नेपालले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै प्रर्दशन गरेको हो । 

प्रर्दशनमा सरकारले महंगी नियन्त्रण गर्न नसकेको, नागरिक अधिकार हनन् हुने गरी काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्ने काम गरेको, मेडिकल माफियाहरुलाई प्रश्रय दिने प्रयास गरेको भन्दै चर्का नाराबाजी गरिएको थियो ।

नयाँ शक्ति पार्टी, नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गर्दै आएको छ । नयाँ शक्तिले सरकारलाई एक्काईसौं शताब्दीका नागरिकको अधिकार हनन् हुने कुनै पनि गतिविधि नगर्न पनि चेतावनी दिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै