• २०८१ बैशाख १३ बिहीबार

सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता निष्कर्षविहीन

kharibot

काठमाडौँ ।  सरकार र डा. गोविन्द केसीपक्ष बीचको आज बसेको बार्ता पनि निस्कर्ष विहीन भएको छ । विहान करीब १० बजे देखि दिउसो १ बजेसम्म चलेको वार्ता विना निस्कर्ष टुंगिएको हो ।

सरकारी पक्षले वार्ता सकरात्मक ढंगले अघि बढेको भन्दै पुन आजै अर्को चरणको वार्ता बस्न सक्ने बहने पनि डा. केसी पक्ष भने वार्तामा सरकारी पक्ष गभ्भीर नबनेका आरोप लगाएको छ ।

सरकारी बार्ता टोलीका सदस्य डा.गुणराज लोहनीले भने वार्ता सकारात्मक रुपमा अघि बढी रहेको र आजै फेरी वार्तामा बस्ने बताए ।

डा. केसी पक्षले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नलिदासम्म वार्ता अघि बढ्न नसक्ने बताएको बुझिएको छ  । सोमबार दुवै पक्षले वार्ता समिति गठन गरेर एक चरणमा सोमबार राति नै वार्ता भएको थियो ।

वार्तामा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी सहभागी छन् । त्यस्तै डा.केसीका पक्षबाट बरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र प्रितम सुवेदी सहभागी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै