क्रोसियाली टिमको घरमा विश्वकप जिते जस्तै स्वागत (फोटो फिचर)

खरीबोट

काठमाडौँ । विश्वकपको फाइनलमा पराजित भएको क्रोसियाका खेलाडीलाई आफ्नो देशमा विजेताको रुपमा स्वागत गरिएको छ । 

क्रोसियाको राजधानी जाग्रेबको बाना जेलासिसा स्क्वायरमा लाखौको संख्यामा उपस्थित क्रोसियालीले आफ्ना विश्वकपका हिरोहरुलाई स्वागत गरेका हुन् । फाइनल खेलमा फ्रान्ससँग ४-२ गोल अन्तरले पराजित भएपनि क्रोसियाले पहिलो पटक फाइनलसम्म पुगेर नयाँ इतिहास बनाएको थियो । 

कप्तान लुका मोड्रीच सिल्भर मेडल लगाएर आफ्नो टिमको विश्वकपको प्रदर्शन प्रति गर्वगर्दै यो सफलतालाई सेलिब्रेशन गर्नुपर्ने बताए । उनले फाइनल नजित्नु दुखद भएपनि विश्वकपमा पाएको सफलता निकै ठुलो भएको बताए । आफ्ना खेलाडीहरुलाइ स्वागत गर्न लाखौको संख्यामा दर्शक देशको जर्सी लगाएर उपस्थित भएका थिए । यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका मोड्रीचले गोल्डेन बल जितेका थिए ।   


 

सम्बन्धित समाचार

विश्वकपमा पाएको हारले कहिल्लै फुटबल नै नखेलौं जस्तो लाग्छ - नेइमार 

रियो दि जेनेरियो, ब्राजिल। ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेइमारले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन् ।  ब्राजिलियाली फुटबल खेलाडी  नेइमारले हालै रसियामा सम्पन्न

अर्जेन्टिनाविरुद्ध पभार्डले हानेको गोल बन्यो विश्वकप कै उत्कृष्ट गोल 

काठमाडौँ।  फ्रान्सका बेन्जामिन पभार्डले अर्जेन्टिनाविरुद्ध गरेको गोल यस विश्वकपको उत्कृष्ट गोल बनेको छ ।   फिफाले अनलाइन भोटिङमा सबै भन्दा धेरै भोट पाएर पभार्डको गोल यस विश्वकपको सबैभन्दा उत्कृष्ट गोल बनेको हो।

मेसी र रोनाल्डोलाई बिर्साउने यी हुन् यस विश्वकपका उत्कृष्ट खेलाडी 

काठमाडौँ  । ३२ टिमबीचको घमासान पछि फ्रान्सले यस पटकको विश्वकप  जितेको छ । विश्वकप सकिए सँगै यस विश्वकपका उत्कृष्ट खेलाडीहरुको चर्चा हुन् थालेको छ । उनीहरुले विश्वकपमा गरेको प्रदर्शनले विभिन्न लिगमा

विश्वकप फाइनलमा मैदानमा प्रवेश गर्ने ४ जनालाई जेल सजाय

काठमाडौँ । विश्वकप फुटबलको फाइनल खेल भैरहदा मैदानमा प्रवेश गर्ने ४ जनालाई रुसको अदालतले १५ दिनको जेल सजाय सुनाएको छ । खेलको दोस्रो हाफमा मैदानमा प्रवेश गर्ने ३ जना महिला ए