• २०८१ बैशाख ११ मंगलबार

सरकार र डा.गोविन्द केसीका प्रतिनिधिबीच बार्ता सुरु

kharibot

काठमाडौँ । सरकार र डा.गोविन्द केसीका प्रतिनिधिबीच बार्ता सुरु भएको छ । 

सोमबार दुवै पक्ष वार्ता समिति गठन गरेर राति  ८ बजेदेखि शिक्षा मन्त्रालयमा भएको बार्तामा बसेका हुन् । 

वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन् भने डा.केसीका तर्फबाट वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, डा.अभिषेकराज सिंह, अधिवक्ता ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी रहेका छन् ।

यसअघि सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले डा. केसीसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको थियो । त्यस लगत्तै केसी पक्षले आफ्नो टोली सार्वजनिक गरेको थियो ।

माथेमा आयोगको प्रतिवेदन लागु हुनुपर्नेलगायतका माग राखेर डा. गोविन्द केसी जुम्लामा आज १७औ दिन अनसन बसिरहेका बेला दुवै पक्ष वर्ताम बसेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै