• २०८१ बैशाख ७ शुक्रबार

पाकिस्तानमा शुक्रबार भएको हिंसामा परी मृत्यु हुने संख्या १४९ पुग्यो

kharibot

इस्लामावाद ।  पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी मृत्यु हुनेको संख्या अझै पनि बढीरहेको छ । 

पाकिस्तानाको बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा गत शुक्रबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १४९ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

मास्तुङ् जिल्लाका प्रहरी उप निरीक्षक करिम लाशारीले सोमबार मृतकको सङ्ख्या वृद्धि भएको पुष्टि गर्नुभएको हो ।  पाकिस्तानको इतिहासमा नै भयानक आक्रमण मानिएको सो आक्रमणमा परी अरू कम्तीमा १८६ जना घाइते भएका छन् । । 

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । लडाकूहरुको समूह इस्लामिक स्टेट (आईएस)ले आफ्नो वेबसाइटमार्फत् घटना आफूहरुले गराएको शनिबार नै जिम्मेवारी लिएका थिए । 

यही जुलाई २५ तारिखका दिन हुनलागेको निर्वाचनको मिति नजिकिँदै गर्दा पाकिस्तानमा हिंसाको घटना पनि बढ्दै गइरहेका छन् । 

यसअघि पनि चुनावसँग सम्बन्धित घटनामा पाकिस्तानमा दर्जनौँ व्यक्तिको मृत्यु भइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै