• २०८१ बैशाख ११ मंगलबार

इपिएलमा युएईका कप्तान रोहन मुस्तफा काठमाडौँ किंग्सबाट खेल्ने 

kharibot

काठमाडौँ   ।  एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने क्लब काठमाडौँ किंग्स इलेभेनले दोस्रो विदेशी खेलाडी साइन गरेको छ  ।

काठमाडौँ किंग्सले युएईका कप्तान रोहन मुस्तफालाई सोमबार साइन गरेको घोषणा गरेको छ  । काठमाडौँ किंग्सले यसअघि आयरल्याण्डका खेलाडी केभिन ओ ब्रायनलाई 
साइन गरेको थियो  । 

काठमाडौ किंग्सले साइन गरेका रोहनले यसअघि धनगढी प्रिमियर लिग पनि खेलेका थिए  ।  मुस्तफा गत डिपिएलको म्यान अफ द सिरिज भएका थिए । उनले धनगढी टिम चौराहाबाट खेल्दै ६ खेलबाट ९ विकेट लिनुका साथै १९८ रनसमेत बनाएका थिए ।

रोहन देब्रे ह्हाते ब्याट्सम्यान हुन् भने उनले प्रभावशाली बलिङ पनि गर्ने गर्दछन  ।  उनी हालै क्यानडामा सम्पन्न ग्लोबल टि-२० मा पनि खेलेका थिए । 

काठमाडौँ किंग्ससँग अनुबन्ध भएपछि फेरी नेपाल आउन पाएकोमा उनले खुशी व्यक्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै