• २०८१ बैशाख १३ बिहीबार

नेप्सेमा १२ दसमलव २७ अंकले बृद्धि 

kharibot

काठमाडौं  । नेप्सेमा आज सोमबार पनि दोहोरो अंकको बृद्धि देखिएको छ ।

नेप्से १२ दसमलव २७ अंकले बढेर १२ सय १२ दसमलव ३६ बिन्दुमा चढ्दा सेन्सिटिभ दुुई दसमलव ३९ अंकले बढेर दुई सय ५५ दसमलव २० अंकमा चढेको छ । अज एक सय ५९ कम्पनीहरुको तीन हजार तीन सय ८८ वटा कारोवारमा ११ लाख ७६ हजार पाँच सय ९२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ३१ करोड ८५ लाख ८२ हजार नौ सय ३८ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार हुँदा नौ वटा समुहको कारोवार सुचक बढेर  हरियो देखिएको छ भने अन्य समुहको सुचक घटेर रातो भएको छ । बाँणिज्य बैक समुहको सुचक १३ दसमलव नौ अंकले बढेर एक हजार २३ दसमलव ५६ बिन्दुुमा चढ्दा छ करोड ६९ लाख २४ हजार पाँच सय रुपैयाँ सेयर खरिद बिक्री भएको  । 

बिकास बैक समुहको सुचक पनि २४ दसमलव ५९ अंकले बढेर १४ सय ३४ दसमलव १६ बिन्दुमा चढ्दा ७८ लाख १३ हजार चार सय ५० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक ५० दसमलव २३ अंकले बढेर १४ सय ९८ दसमलव १३ बिन्दुुमा चढ्दा दुई करोड २६ लाख ३७ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

बीमा समुहको सुचक पनि आज एक सय ४७ दसमलव दुई अंकले बढेर छ हजार एक सय ९९ दसमलव ४५ बिन्दुुमा चढ्दा पाँच करोड ३२ लाख १३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

ट्रेडिङ, होटल, फाईनान्स र लघुबित्त समुहको कारोवार सुचकमा पनि आज सुधार आएको छ । आज बढी कमाउने कम्पनीको सुचीमा परेको युनाईटेड मोदी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात रुपैैयाँ ५० पैसाले बढेर एक सय ७२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको ङादी ग्रुुप पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ २३ पैसाले घटेर एक सय ६३ रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ प्रतिकित्ता दुुई सय ९० रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड २० लाख ७९ हजार छ सय ५८ रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै