• २०८१ बैशाख ८ शनिबार

भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

kharibot

काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो । दोस्रो संविधानसभा निर्वाचनका बेला उप्रेती प्रमुख निर्वाचन आयुक्त थिए ।

यसअघि भारतका राजदूत रहेका दीपकुमार उपाध्याय राजदूतबाट राजीनामा दिएर गत प्रतिनिधि सभाको निर्वाचन लडेका थिए ।

यस्तै यूएईका पूर्वराजदूत उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै