• २०८१ बैशाख ७ शुक्रबार

डिश होमले किन्यो सिम टिभि, अबदेखि व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश होमको हुने 

kharibot

काठमाडौँ ।  डिश मिडिया नेटवर्क लिमिटेड र सिम्पल मिडिया  नेटवर्क प्रलिको संचालक समितिको संयुक्त वैठकले सिम टिभि डिश मिडिया नेटवर्क लिमिटेडले किन्ने गरि खरिद सम्झौता सम्पन्न गरेको छ । 

यस खरिद सम्झौता अन्तर्गतको शेयर खरिद निकट भविष्यमै सम्पन्न हुनेछ । यसका साथै सिम टि.भिको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्क लिमिटेडले तुरुन्तै देखि लिने भएको छ ।  

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड नेपालको पे टिभी उद्योगमा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा छ । यसै गरि सिम टि.भि. नेपालका मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो ।

सिम टिभिका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टिभिको खरिद पछि टिभि हेराईको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पँहुचमा पुग्ने जनाएका छन । 

नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै