• २०८१ बैशाख ८ शनिबार

अनुहारको समस्याबाट छुटकारा पाउन यस्ता छन् घरेलु उपाय  

kharibot

काठमाडौँ । सामान्यतया पेटको गडबडीको कारणले गर्दा अनुहारको छालामा असर समस्या देखिने गर्दछ । अनुहारको छालाको समस्याले धेरै मानिसलाई सताउने गरेको छ ।

उपचारका लागि धेरै विधिहरु प्रयोग गरिरहेका हुन्छौ । तर पनि समस्या सामाधान गर्न सकेका हुदैनौं । र यस्तो छाला शरिरमा धेरै कारणले हुने गर्दछ । जसमा शरिरमा पौष्टिकताको कमी, खराब जीवनशैली तथा खानपानमा गडबडीको कारण पनि अनुहारको छालामा समस्या आउने गर्दछ ।

यस्तो अवस्थामा यो समस्याबाट छुटकारा पाउनको लागि केही घरेलु उपायहरु :

तुलसी

तुलसीमा स्वास्थ्यवद्धक तथा दर्दविनासक गुण हुन्छ । दिनको दुई पटक तुलसीको पात खाने गर्नाले छालाको दुखाई कम गर्नुका साथै अनुहारको समस्या पनि ठिक हुदै जान्छ । 

नरिवल

नरिवलको तेल तथा पानी अनुहारको छालाको लागि सबै भन्दा लाभलायीक हुने गर्दछ । नरिवलको पानीको सेवनले शरिर ठण्डा बनाउछ । ताजा नरिवल थिचेर अनुहारको छालामा लगाउनाले छालाको दुखाई कममा  गर्नमा सहयोग गर्दछ । 

बेसार

बेसारको धुलोमा केही थोपा पानी राखेर पेस्ट बनाएर यसलाई छालामा लगाउने । बेसारको एन्टिसेप्टिक तथा एन्टि इन्फ्लोमटोरीले छालाको ठिक मात्र गर्दैन यसले छालामा फेरी समस्या सिर्जना हुनबाट समेत रोक्ने गर्दछ । 

जेठि मधु

यसको एन्टि इन्फ्लेमेटरी गुणले अनुहारको दुखाईबाट छुटकरा दिन्छ । आवश्यकता अनुसार यसको पिस लिगेर घोटेर मह मिलाएर छालामा लगाउने गर्नाले केही समयमा नै छालामा परिवर्तन देखिन सकिन्छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै