• २०८१ बैशाख १३ बिहीबार

काँग्रेसको आजपनि संसद अवरुद्ध, नेकपाले भन्यो केही सांसद उभिदैंमा संसद अवरुद्ध हुनुहुदैन 

kharibot

काठमाडौं । नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयकको विरोधमा संसद बैठक अवरुद्ध गरेको छ । 

प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ काँग्रेसका सांसदहरुले आ-आफ्नो ठाउमा उठेर विरोध गरेका थिए  । काँग्रेसका सांसद मीन विश्वकर्माले अध्यादेश विपरीत विधेयक आएको र आमरण अनसनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर नभएको बताए । उनले सरकारले डा. केसीको मागप्रति गम्भीर नभएको भन्दै सार्वजनिक रुपमा सरकारले संसदको मजाक बनाएको  थिए । विश्वकर्माले डा. केसीको मागलाई वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरे ।

काँग्रेस सांसद विरोधमा उभिरहेका बेला नेकपाका सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गरेका थिए । प्रतिस्थापन विधेयक ल्याउँदा अध्यादेशको हुबहु भएन भनेर अवरोध गरेको कांग्रेसले नियमित विधेयक ल्याउँदा अवरोध गर्दैनौं भनेको दाबी गर्दै नियमापत्ति गरेका थिए  । पोखरेलले केही सांसद उभिदैंमा संसद अवरुद्ध भएको नमानिने बताएका थिए ।

लगतै नेकपाका अर्का सांसद खगराज अधिकारीले पनि चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियामा ल्याउँदा अवरोध नगर्ने सहमति उल्लंघन भएको दाबी गरेका थिए ।

सभामुखले पनि कांग्रेस सांसदहरुलाई सदनको कारबाही अघि बढाउन सहयोगको आग्रह गरेपनि काँग्रेस सांसदहरु उभिरहेपछि सभामुखले संसद बैठक आधा घन्टाका लागि स्थगित गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै