• २०८१ बैशाख १४ शुक्रबार

विद्यार्थीले चिट चोर्न थालेपछि देशैभर इन्टरनेट ठप्प !

kharibot

फाइल तस्बिर

अफ्रिका । विभिन्न समस्या आएर देशमा वा कुनै स्थानमा इन्टरनेट केही दिनसम्म अवरुद्ध भएको त सुन्नुभएकै होला । तर विद्यार्थीले चिट चोर्ने भयले कुनै राष्ट्रले देशैभर परीक्षाको बेला इन्टरनेट चल्न नदिएको सुन्नुभएको छ ? पक्कै छैन । गत जुनमा अफ्रिकी देश अल्जेरियामा यस्तै अनौठो तर वास्तविक घटना भएको छ । 

परीक्षामा चिट चोर्ने बानी प्रायः विश्वका सबै देशका विद्यार्थीमा नहुने होइन । तर विद्यार्थीले चिट चोर्छन् भनेर रोक्न पूरै देशैभर इन्टरनेट बन्द गर्नुपरेको घटनाचाहिँ एकदमै नौलो हो । गत महिना भएको परीक्षाका बेला मोबाइल र वेब कनेक्सन सबै रोक्नुपरेको हो । दुई घण्टासम्म अल्जेरियामा कुनै पनि स्थानमा इन्टरनेट नचलेको बताइएो छ । दुई हाइस्कुल डिप्लोमा टेष्टका लागि यस्तो कठोर कदम चाल्नुपरेको हो । 

परीक्षा केन्द्रमै मेटल डिटेक्टर, सिसिटिभी र फोन जामिङ प्रविधि जडा

०१६ मा भएको यस्तै परीक्षामा विद्यार्थीहरुले व्यापक चिट चोरेका थिए । प्रश्नपत्रहरु सामाजिक सञ्जालमा बाहिर्याइएको थियो । गत वर्षचाहिँ सामाजिक सञ्जाल बन्द गरिएको थियो । तर पनि चिट चोर्नबाट रोक्न नसकिएपछि यो वर्ष पूरै इन्टरनेट नै ठप्प पार्नुपरेको हो । 

अहिले मोबाइल फोन, ट्याबहरुमा करिब २ हजार परीक्षाकेन्द्रमा इन्टरनेट विच्छेद गरिएको थियो । ७ लाख विद्यार्थीले दिएको उक्त परीक्षामा गरिएको इन्टरनेट बन्देज साँच्चै अनपेक्षित रहेको बताइएको छ । 

त्यतिमात्र नभई मेटल डिटेक्टरको सहायतामा जाँच गरिएको थियो भने जामिंग प्रविधि समेत उपयोग गरिएको थियो । सीसीटीभीको निगरानी त छँदै थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै