• २०८१ बैशाख १३ बिहीबार

अर्जेन्टिनाको प्रशिक्षकबाट जर्ज साम्पओली हटे 

kharibot

काठमाडौँ । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक जर्ज साम्पओलीले राजीनामा दिएका छन् । अर्जेन्टिनी फुटबल फेडेरेशन र साम्पओलीबीच समझदारीमा उनले राजिनामा दिएको बताइएको छ ।

विश्वकपमा अन्तिम १६ बाट अर्जेन्टिना बाहिरिएपछि उनको कडा आलोचना भएको थियो । साम्पओली र लियोनेल मेसीबीच पनि राम्रो सम्बन्ध नभएका कारण विश्वकपको खेलमा प्रभाव परेको मिडिया रिपोर्ट आएको थियो ।

५८ बर्षिय साम्पओलीले २०१७ जुन १ देखि अर्जेन्टिनाको प्रशिक्षक बनेका थिए । उनी १५ खेलमा अर्जेन्टिनाको प्रशिक्षक बने जसमा ७ खेलमा जित हासिल गरे भने ४ बराबरी र ४ खेलमा हार बेहोरेका थिए । 

उनी यस अघि २०१२ देखि २०१६ सम्म चिलीको राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए । सो अवधिमा उनले चिलीलाई २०१५ को कोपा अमेरिका जिताएका थिए । चिल्ली पछि उनले ला लिगाको टिम सेभिल्लाको प्रशिक्षक बेनका थिए ।

साम्पओलीले छोडेपछि अब अर्जेन्टिनाको प्रशिक्षकमा हाल पेरुका प्रशिक्षक रिकार्डो गार्सिया, हाल रिभर प्लेटका प्रशिक्षक मार्सेलो गलार्ड़ो र एथलेटिको म्याड्रिडका डिएगो सिमेओनेको चर्चा चलेको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै