एनआईसी एशिया बैंककोे एकैसाथ दुईवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा  

खरीबोट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले तनहूँ जिल्ला, शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा आफ्नो चौधौ र पन्ध्रौ शाखारहित बैंकिङ्ग सेवा आषाढ ३१ गतेबाट संचालनमा ल्याएको छ । 

बैंकले शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन शुक्ला गण्डकी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम चन्द्र भण्डारी र वडा नं. ११ का वडा अध्यक्ष दल बहादुर थापाले संयुक्त रुपमा गरे र उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले मान बहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । 

यसैगरि बैंकले व्यास नगरपालिकाको कलेस्तीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन सोहि नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सतिश चन्द्र न्यौपानेद्वारा सम्पन्न भयो र उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सिकन्दर गुरुङ्गलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । 

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछन् ।

बैंकले मुलुकभर २२६ शाखा कार्यालयहरु, २ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

बैंकको वासलातको आकार रु १७६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १२० अर्ब र कुल निक्षेप करिब रु. १५० अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकहरुको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । 
 

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकको ३ नयाँ शाखाको शुभारम्भ 

काठमाडौँ। एनआईसी एशिया बैंकले ३ नयाँ शाखाहरु संचालनमा ल्याएको छ।   बैंकले धादिडं जिल्ला धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोला शाखा र धुनिबेशी न.पा. वडा नं. ६,धार्केस्थित धार्केशाखाको धुनिबेशी नगरपालिकाका मेयर

एनआईसी एशिया बैंकको प्रभु लाईफ ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले प्रभु लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंककाग्राहकमहानुभावहरुले मुलुकभर फैलिएकाबैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमाप्रभु लाईफइन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु

एनआईसी एशिया बैंक र जनरल ईन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकमहानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स

एनआईसी एशिया बैंकको २ नयाँ शाखा धादिङ्गको गजूरी र गल्छीमा

काठमाडौँ। एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु, गजूरी गाँउपालिका वडा नं. १, धादिङ्ग स्थित गजूरी शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी गाँउपालिका वडा नं ७, धादिङ्ग