• २०८१ बैशाख १३ बिहीबार

बस दुर्घटनामा परी एक जनाको मृत्यु 

kharibot

गाइघाट  । उदयपुरको त्रियुगा नगरपालिका-६ मा गएराती भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

भारतको फारबिस गन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराती पौँने १० बजे दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार भारतीय नागरिक ३२ वर्षिय मनोज दासको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा जिल्ला अस्पतालमा राती नै मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै