• २०८१ बैशाख ६ बिहीबार

सुन तस्करी प्रकरणमा गोरेका भाई रमेश उप्रेती दुबईमा पक्राउ

kharibot

काठमाडौँ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा प्रहरीको खोजीमा रहेका रमेश उप्रेती पक्राउ परेका छन् ।

दुबई प्रहरीले दुई साताअघि उप्रेतीलाई पक्राउ गरेर इन्टरपोल प्रहरीलाई बुझाएको छ।

छानबिन समितिका एक सदस्यका अनुसार आवश्यक कागजपत्र मिलाएर उप्रेतीलाई छिट्टै नेपाल ल्याउने तयारी भइरहेको छ ।

प्रहरी नियन्त्रणमा रहेका उप्रेती ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेती 'गोरे' का भाइ हुन् ।

अदालतमा अभियुक्तले दिएको बयानका अनुसार उनले उनी दुबईमा बसेर सुन तस्करी गर्दै आएको खुलेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै