• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओलीले लेखे कविता : ‘म मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ’

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चन्दागिरि सिर्जनायात्रामा सहभागी भएर कविता लेखेका छन् ।   

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय वृहत हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को अन्तिम दिन स्रष्टाहरु चन्दागिरि सिर्जनायात्रामा भेला भएका थिए ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय वृहत हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को अन्तिम दिन स्रष्टाहरु चन्दागिरि सिर्जनायात्रामा भेला भएका थिए । सम्मेलन आयोजनाका परिकल्पनाकार प्रधानमन्त्री ओली पहिलो र अन्तिम दिन स्रष्टाहरुको साथ रहेका थिए ।

कविता वाचन हुनुपूर्व पर्यटकीयस्थल चन्दागिरिको भालेश्वर मन्दिर अवलोकन र नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर स्रष्टाहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हरेक नेपालीले कर्म मौरी झैँ समृद्धिको लागि काम गर्न आग्रह गरेका थिए । त्यसैअनुरुप कविहरुले पनि श्रम, सीप, सिर्जना, स्वदेशमा रोजगार, आपसी एकता, प्राकृतिक सम्पदाको उपयोग, कुशासनको अन्त्य आदि विषयलाई कविताको धागोले उनेर समृद्धिको माला उपहार प्रदान गरेका थिए । 

प्रधानमन्त्रीले लेखेक्को शीर्षकबिनाको कविता :


परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र!
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदै छ।
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली 
हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली।
सपनामा भए पनि देख्न पाउँ 
चन्द्रागिरिको डाँडामा आएर सपनामा 
भावी सन्तति मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ 
म मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै