• २०८१ बैशाख ७ शुक्रबार

एएफसी एसियन कप छनोटमा नेपाल ताजकिस्तानसँग पराजित

kharibot

काठमाडौं । एएफसी एसियन कप २०१९ को छनोटका लागि खेलेको नेपाली फुटबल टिम मंगलबार ताजकिस्तानसँग पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फाकम्प्लेक्समा भएको खेलमा नेपाल ताजकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमै दुई गोलले पछाडि परेको नेपालले ६०औँ मिनेटमा स्ट्राइकर विमल घर्तीमगरको गोलमा खेलमा फर्किने आशा देखाए पनि थप गोल गर्न नसक्दा घरेलु मैदानमै खेल ताजकिस्तानलाई सुम्पेको हो ।

यसअघिका दुई खेलमा पनि नेपाल फिलिपिन्ससँग मनिलामा पराजित हुनपुगेको थियो भने काठमाडौंमै यमनसँग बराबरी खेलेको थियो । नेपाल अंकतालिकाको पुछारमा रहेको छ भने एउटा बराबरीबाट नेपालको १ अंक छ । ताजकिस्तान ३ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ । ग्रुप एफमा नेपालसँगै यमन, फिलिपिन्स  र ताजकिस्तान रहेका छन् ।

एएफसी एसियन कप २०१९ मा युएईमा हुँदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै