• २०८१ बैशाख ११ मंगलबार

उपरथीमा पदोन्नती भएका सुवर्ण बहादुर शाहलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान 

kharibot

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी सुवर्ण बहादुर शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  

नेपाल सरकार, मन्त्रीपरिषद्को असार २४ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी सुवर्ण बहादुर शाहलाई आइतबार जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रममा प्रधानसेनापति क्षत्रीले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

उपरथी दर्जामा पदोन्नती भएका उपरथी शाहलाई मध्य पृतना हेड क्वाटरको पृतनापतिको जिम्मेवारी दिईएको छ । 

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको नेपाली सेनाले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै