• २०८१ बैशाख ८ शनिबार

नेप्सेमा आठ अंकको बृद्धि : १९ करोड ३८ लाखको सेयर किनबेच

kharibot

काठमाडौं । यसअघि लगतार घटेको नेप्सेमा साताको सुरुवाती दिन आज आईतबार सुधार देखिएपनि कारोवार रकम भने बढ्न सकेन  । 

नेप्से आज आठ दसमलव ११ अंकले बढेर १२ सय दसमलव नौ बिन्दुमा चढ्दा सेन्सिटिभ एक दसमलव ७६ अंकले बढेर दुुई सय ५२ दसमलव ८१ बिन्दुमा चढेको छ । एक सय ७० कम्पनीहरुको तीन हजार पाँच सय ९२ वटा कारोवारमा छ लाख ६७ हजार चार सय ३४ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोवार रकम १९ करोड ३८ लाख २६ हजार चार सय १० रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक बढेर फाईनान्स समुहको सुचक भने सामान्य अंकले घटेको छ । बाँणिज्य बैक समुहको सुचक सात दसमलव ८५ अंकले बढेर एक हजार १७ दसमलव ५१ बिन्दुमा चढ्दा छ करोड ६९ लाख २४ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

बिकास बैक समुहको सुचकपनि सात दसमलव ७१ अंकले बढेर १४ सय नौ दसमलव ५७ बिन्दुुमा चढ्दा एक करोड ४१ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बीमा समुहको सुचक पनि आज ४३ दसमलव ४९ अंकले बढेर छ हजार ५२ दसमलव ४३ बिन्दुमा चढ्दा तीन करोड ६० लाख ५२ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यि बाहेक आज जलबिद्युत, ट्रेडिङ, होटल, उत्पादमुुलक र अन्य समुहको सुचक पनि बढेर हरियो देखिएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको सर्पोट माईक्रो फाईनान्सको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ आठ पैसाले बढेर आठ सय १७ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको नेपाल हाईड्रो डेभलपर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने छ रुपैयाँ ६६ पैसाले घटेर एक सय ६८ रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको सेञ्चुरी कर्मसियल बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय ७३ रुपैयाँ अन्तिम मुल्यमा एक करोड २९ लाख २४ हजार आठ सय ३० रुपैयाँको कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै