• २०८१ बैशाख ८ शनिबार

फौजदारी मुद्धा लागे पनि सांसदको पद कायम रहने व्यवस्था संबिधान विपरित भन्दै सर्वोच्चमा रिट दायर 

kharibot

काठमाडौँ । प्रतिनिधि सभा संचालन नियमावलीको नियम २४४ को ३ र ४ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता रामचन्द्र (आरसी) गौतम र अधिवक्ता लोकेन्द्रबहादुर ओलीले नेपालको संबिधानमा रहेको व्यवस्थासँग सो नियमावलीको नियम बाझिएको भन्दै सो नियम खारेज गर्न रित दायर गरेका छन् । 

प्रतिनिधिसभा संचालन नियमावलीमा सांसद सदस्य फौजदारी आरोपमा कसुरदार प्रमाणित हुँदा पनि पदमुक्त नहुने असंवैधानिक व्यवस्था गरिएको रिटमा दाबि गरिएको छ ।

नियमावलीमा सजाय अवधिमा मात्र सांसदको रुपमा कार्य गर्न नपाउने आशयको व्यवस्था गरिएको भन्दै रिटमा संबिधानको संविधानको धारा १८(१), १३३(१) सँग सीधा बाझिएको दाबि गरिएको छ ।

सो रित उपर आगामी साउन १८ गते शुक्रबार प्रधानन्यायाधीश नेतृत्वको पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासमा पेसी तोकिएको अधिवक्ता आरसी गौतमले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै