• २०८१ बैशाख १२ बुधबार

प्रतिनिधिसभामा मोहम्मद मुस्तक आलमको शोक प्रस्ताव पारित

kharibot

फाइल तस्विर । 

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्व राज्यमन्त्री आलमको ५३ वर्षको उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो । 

उनी २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभाको सदस्यमा निर्वाचित थिए । 

बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव पढेर सुनाएका थिए । साथै, स्व आलमको निधनमा सांसदले आ–आफ्नो स्थानबाट उठी एक मिनेट मौनधारणासमेत गरेका थिए । 

प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार अपराह्न १ः०० बजे बस्नेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै