• २०८१ बैशाख ४ मंगलबार

एप्पलद्वारा म्याकबुक प्रो ल्यापटपको अपडेट, अब तीव्र गतिमा चल्ने  

kharibot

तस्बिर : एप्पल

काठमाडौं । चर्चित प्रविधि कम्पनी एप्पलले म्याकबुक प्रो ल्यापटपको नयाँ संस्करण सार्वजनिक गरेको छ । यसमा नयाँ प्रोसेसर, किबोर्ड र डिस्प्ले प्रविधिसँगै ह्याण्ड्सफ्रि सिरीको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

यो म्याकबुक प्रोको सुधारमा सोचिएभन्दा बढी गरिएको अपडेट मानिएको छ । दुवै १३ इन्च र १५ इन्च म्याकबुक प्रोजका टच बार अब आठौँ संस्करणका इन्टेल कोर आई५, आई७ र आई९ प्रोसेसरयुक्त बनाइएका छन् ।

योसँगै पीसी कम्प्युटर उत्पादकहरु हुवावे, डेल तथा अन्यसँगका विन्डोजको प्रतिस्पर्धामा आउनेछ म्याकबुक प्रो पनि । नयाँ अपडेटकै कारण प्रो ल्यापटपहरु अब पहिलेभन्दा दोब्बर गति छिटो चल्नेछन् । यसले क्वाडकोर भर्सनलाई पनि विस्थापन गरेको छ । अब यो ७० प्रतिशत छिटो चल्नेछ । ठूला खाले ल्यापटपमा रयाम नै ३२ जीबी हुने गरी बढाइएको छ । 

त्यस्तै एप्पलले टी२ चिप राख्दै आईम्याक प्रोलाई पनि म्याकबुक प्रो बनाएको छ । जसले फिंगरप्रिन्ट स्क्यान गर्छ । अहिलेलाई यी दुईको मात्रै अपडेट गरिएको हो । कम्पनीले अन्य म्याक्स, आईप्याड र आईफोनहरुको पनि यही वर्षको अन्त्यतिर अपडेट गर्ने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै