• २०८१ बैशाख ६ बिहीबार

बैंकहरुको कुल शाखा संख्या ६ हजार ४ सय, राष्ट्र बैंक भन्छ-प्रतिशाखा सेवाग्राहीको संख्या चार हजार चार सय नाघ्यो

kharibot

काठमाडौं । बैक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या छ हजार चार सय १८ पुगेको छ । 

नेपाल राष्ट्र बैकका अनुसार २०७५ को जेठ मसान्तसम्ममा २८ वटा बाँणिज्य बैक, ३४ वटा बिकास बैंके, २५ वटा फाईनान्स कम्पनी र ६३ वटा लघुबित्त बित्तीय संस्था समेतको गरी उक्त अनुपातमा शाखा संख्या पुगेको हो ।

सो मध्ये बाँणिज्य बैकहरुको मात्र कुुल शाखा संख्या दुई हजार नौ सय १९ रहेको छ भने क्षेत्रिय तथा राष्ट्रियस्तरका बिकास बैकहरुको मात्र शाखा संख्या नौ सय ५१ वटा पुगेको छ ।

यसबिचमा फाईनान्स कम्पनीहरुको मात्र शाखा संख्या एक सय ८३ वटा रहेको छ भने लघुबित्त संस्थाहरुको मात्र शाखा संख्या दुई हजार तीन सय ६५ रहेको छ । सोही आधारमा हाल बैंक तथा फाईनान्स कम्पनीहरुले प्रति एक शाखाबाट औसतमा करिव चा हजार चार सय ४९० जनसंख्याले सेवा प्राप्त गरेको देखिन्छ । राष्ट्र बैंकका अनुसार २०७४ जेठमा यस्तो संख्या पाँच हजार आठ सय नौ रहेको थियो ।

यसैगरी राष्ट्र बैंकले संघीय व्यवस्था अन्तर्गत गठित सात सय ५३ स्थानीय तहहरुमध्ये २०७५ असार २४ गतेसम्म पाँच सय ५६ तहमा वाणिज्य बैंकहरुको उपस्थिति पुगेको जनाएको छ । २०७५ वैशाख मसान्तमा वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या दुई करोड २५ लाख तथा कर्जा खाता संख्या १२ लाख ८७ हजार पुगेको छ । एटीएम संख्या दुई हजार छ सय २४ रहेको छ ।

त्यसैगरी, मोबाइल बैकिङ्गका ग्राहकहरुको संख्या ४० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकहरुको संख्या सात लाख ८४ हजार, जारी भएका डेबिट कार्डको संख्या ५२ लाख ३५ हजार तथा क्रेडिट कार्डको संख्या ९७ हजार रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै