• २०८१ बैशाख १३ बिहीबार

विराटनगरमा आयल निगमका ट्यांकरमा लक सिस्टम लागू

kharibot

विराटनगर । नेपाल आयल निगमको प्रदेश नं १ को कार्यालय विराटनगरले निगमको तेल ढुवानी गर्ने ट्यांकरमा आजदेखि यहाँ आधुनिक ‘लक सिस्टम’ लागू गरेको छ । 

निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्तरुपमा लक सिस्टमको उद्घाटन गर्नुभयो । सो अवसरमा निगमका कार्यकारी निर्देशक भट्टराईले सबै पक्षको सहमति आएको आधुनिक लक सिस्टमले तेलको गुणस्तर कायम राख्नेलगायत उद्देश्यमा सहयोग पुग्ने हुने विश्वास व्यक्त गरे । 

प्रजिअ आचार्यले आधुनिक प्रविधिको रुपमा आएको लक सिस्टमलाई सबैको सहयोगमा सफल बनाउनु पर्ने बताउनुभयो । लक सिस्टम लागू भएसँगै आयल निगमका ३४० ट्यांकरमा ताला लगाएको छ । 

लक सिस्टम (ताला) भारतमा तेल भर्दा लाग्ने र नेपाल आयल निगमको डिपोमा मात्रै लक खुल्ने आयल निगमले जनाएको छ । सेन्सरसहितको उक्त लक सिस्टम लगाएपछि तेल चोरी हुने, गुणस्तरमा तलमाथि हुने र विवादलगायत समस्या समाधान हुने आयल निगमको भनाइ रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै