• २०८१ बैशाख ७ शुक्रबार

धनकुटामा लुटेराको कुटाइबाट बृद्धको मृत्यु

kharibot

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा लुटेराकोे कुटपिटबाट एक वृद्धाको ज्यान गएको छ । 

छथर जोरपाटी गाउँपालिका–५ की ६० वर्षीया नरमाया लिम्बूको घरमा परिवारका सदस्य कोही नभएको मौका पारी लुटपाट गरी वृद्धालाई कुटपिट गरेर गम्भीर घाइते वृद्धाको मृत्यु भएको थियो । वृद्धालाई कुटपिट गरी लुटेराले डेढ तोला सुनका गहना लुटेका थिए । 

शुक्रबार राति स्थानीय १९ वर्षीय रोहित लिम्बू १६ वर्षीय शुक्रराज लिम्बूको कुटपिटबाट घाइते भएकी वृद्धाको उपरचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी लिम्बूलाई धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रकुमार गुरुङले बताए । 

आरोपी दुवैलाई चोरी गरेका गहनासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको उनीहरु दुवैलाई कर्तव्य ज्यान मुद्दा चलाइने तयारी रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै