• २०८१ बैशाख १२ बुधबार

साउनदेखि बालबालिकालाई पोलियोको नयाँ खोप 

kharibot

काठमाडौँ । नयाँ आर्थिक वर्ष देखि बाल स्वास्थ महाशाखा अन्र्तगतको खोप शाखाले नयाँ खोप प्रयोग गर्ने भएको छ । पाकिस्तान र अफगानस्तानमा सकारात्मक प्रभाव देखिएको एफआईपिभि खोप नेपालमा पहिलो चोटी परिक्षणको रुपमा प्रयोग गर्न लागेको हो ।

१ वर्ष मुनीका ६ लाख २५ हजार बालबालिकालाई यो खोप प्रयोग गरिनेछ । यो खोप गाभि संस्थाले निशुल्क उपलब्ध गराएको हो । पोलियोको लागि दिइदै आएको आइपिभिको सट्टामा एफआईपिभि खोप लगााउन लागिएको हो । 

नेदरल्याण्डमा बनेको खोप नेदरल्याण्डले प्रयाग थाले पछि डब्लुटिओले  कम्पनि भिजिट गरी प्री क्वालिफाइड गरेपछि यो नेपालमा प्रयोगको लागि ल्याउन लागिएको हो ।

नेदरल्याण्डबाट प्रयोग  सुरु गरिएको यो खोप इन्डिया बंगालादेश लगायतका देशहरुमा प्रयोग भइसकेको छ । एफआईपिभि डब्लुएफओले ट्री क्वालिफाइड गरेको खोप हो । गाभिको आर्थिक सहयोगमा इन्सेफले खरिद गरेर यो खोप नेपालमा उपलब्ध गराउन लागिएको हो ।

पोलियो थोपामा पि१ र पि३ मात्र हुन्छ भने यो खोपमा पि२ पनि समावेश गरिएको हुन्छ ।  पि२ खालका पोलियो विरामी सन् १९९९ बाट विश्वभरी नै देखिएका छैनन् । नेपालमा सन् २०१० देखि पोलियो रागि देखिएका छैनन् । 

पोलियोका रोगि पाकिस्तान र अफगानस्थानमा मात्र देखिएको छ । तर डब्लुएचओले सबै देशमा उन्मुलन नभइ पोलियो उन्मुलनको सर्टिपिकेट नदिने हुदाँ नेपालले पनि पोलियो विरुद्धको पोलियो थोपा तथा आइपिभि लगाउदै आएका छ । आइपिभिमा भन्दा डोज कम भए पनि हुने हुदाँ  एफआईपिभिको प्रयोग गर्न लागिएको हो । आइपिभिमा भन्दा कम मात्रामा फ्याक्सन डोज दिदा पनि काम गर्ने हुदाँ एफआइपिभिको प्रयोग गर्न लागिएको खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी गराएका गराए । गौतमले भने “हामी अहिले पोलियो फ्रि को अवस्थामा छौ । ”  

हाल अफगानस्तान र पाकिस्तानमा मात्र पोलियो रोग देखिएको छ । एफआईपिभिको प्रयोग सकारात्मक देखिएको छ ।  नेपालमा मात्र नभएर विश्व भरी नै पोलियो रोगिको अवस्था शुन्य भए पछि यो खोप तथा पोलियो थोपाको आवश्यकता पदैन ।

आइपिभि खोपमा भन्दा एफआइपिभिमा रोग प्रतिरोधात्मक क्षमता बढि हुने भएकोले यसको प्रयोग गर्न लागिएको आपुर्ति व्यस्थापन शाखाका बड बाबु थापाले बताए । उनका अनुसार जुलाई अन्तिम तथा अगस्ट पहिलो हप्तासम्ममा १ लाख भाइल पाइदिन गाभिसँग आग्रह नेपालको तर्फबाट गरिएको छ ।  

अहिले आपुर्ति व्यस्थापन महाशाखासँग ५० हजार भाइल एफआाई पिभि आइपुगेको छ । १ वर्षको लागि करिव ६ लाख २५ हजार बालबालिकाको लागि करिव २ सय ६३ हजार भाइल चाहिन्छ । नेपालमा यसको व्यवस्थापनको लागि स्टोरेजको पनि आवश्यकता अनुसार व्यवस्थापन गर्न नसकिने हुदाँ अहिलेलाई कम परिणाममा मात्र माग गरिएको उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै