• २०८१ बैशाख ८ शनिबार

गजल

kharibot

तिमीलाई मेरै मनको फुलबारीमा फुलाउन मन छ
माया गरि गरि यो मुटुभित्रै लुकाउन मन छ।

खै कुन्नी के लेखेछ भाबिले भाग्यमा त मेरो
मलाई भने सारा जीवन तिमिसँगै बिताउन मन छ।

तिमी राजा म रानी अनि हाम्रो सुन्दर संसार बनाई
यस्तो पो होस् जोडि भनी दुनियाँलाई देखाउन मन छ।

हासीखुसि पूरा गर्न हाम्रा ती सुन्दर सपनाहरु
अमर अटल मायाको महल बनाउन मन छ।

तिम्रो जीवन सधै सफल बनाउनलाई प्रिय 
म हारेरै भएनी तिमीलाई जिताउन मन छ।।

हिरा अधिकारी 
पोखरा

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै