• २०८१ बैशाख ४ मंगलबार

एनआरएन बेल्जियमको अध्यक्षमा लोक दाहाल विजयी

kharibot

बेल्जियम । गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई वर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो । आफ्नो प्रतिस्पर्धी सन्तोष श्रेष्ठ (सुवास)लाई २ सय ४२ मतले पछि पार्दै दाहाल विजयी भएका हुन ।

विजयी दाहालले ११८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी श्रेष्ठले ९४१ मत प्राप्त गरे । बेल्जियम एनआरएनमा पराजित श्रेष्ठ जनसम्पर्क समिति बेल्जियमका पूर्वअध्यक्ष समेत हुन् । उनलाई अर्को राजनीतिक संस्था प्रवासी नेपाली मञ्चको सर्मथन रहेको थियो । उनी बेल्जियमका दुई ठूला संगठनका साझा उमेदवार हुन् । श्रेष्ठले लोकतान्त्रिक समावेशी समूहको नेतृत्व गरेका थिए ।

दाहाल आफू जनप्रगतिशील मञ्चका नेता भए पनि उनलाई जनजाति महासंघ, राप्रपा, विप्लव (माओवादी)का साझा उमेदवार भएका थिए । उनले निर्वाचित भएसँगै नेपाली दाजुभाइ दिदीबहिनीलाई एनआरएनको जिमेवारी दिएकोमा धन्यवाद व्यक्त गरे । उनले सबैलाई मिलाएर यो सामाजिक अभियानमा लग्ने विश्वास व्यक्त गरे । छैटौँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कमल पन्थी विजय भएका छन् । प्रथम उपाध्यक्षमा गोविन्द सिंखडा निर्विरोध भएका थिए भने अन्य दुई उपाध्यक्षमा योगिता थापा र खडक केसी विजय भएका छन् ।

महिला उपाध्यक्षमा अनुजा प्रधान निर्विरोध चयन भएकी थिइन् । महासचिवमा कोषाध्यक्षसमेत रहेकी आङमाया लामा शेर्पा निर्वाचित भएकी छन् । कोषध्यक्षमा रोशन गुरुङ, सचिवद्वयमा प्रेम तिमल्सिना र जीवन शर्मा निर्वाचित भएका छन् । छैटौ अधिवेशनले महिला सचिवमा मुना ताम्राकारलाई निर्वाचित गरेको छ । महिला संयोजकमा हरि भट्टराई, युवा संयोजकमा रविन पण्डित, कार्यकारी सदस्यहरुमा  चीज कुमार श्रेष्ठ (सिलुी सबै भन्दा बढी मत ल्याई विजयी भएका छन् । त्यस्तै अन्य सदस्यहरुमा राजु घिमिरे, कुल बहादुर घर्ती, किरण पुन, दिपक न्यौपाने, आङबाबु शर्पा, मिन दोर्जे थापालाई दुई वर्षको लागि निर्वाचित गरेको छ ।

निर्वाचित घोषणासभामा एनआरएनए आईसीसी सचिव अर्जुन कुमार श्रेष्ठ, एनआरएनए बेल्जियम सस्थापक अध्यक्ष रविन्द्रमा श्रेष्ठ, महिला सह–संयोजक रजनी प्रधान, एनआरएन युरोप संयोजक कुल आचार्य, सह–संयोजक प्रेम गुरुङ, एनआरएनए बेल्जियमका पूर्वअध्यक्षहरु तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै