• २०८१ बैशाख १४ शुक्रबार

पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने

kharibot

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्नुहुने भएको छ । 

हेल्सीन्की शिखर सम्मेलनपछि उनीहरुले पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उहाँहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको शुक्रबार जानकारी दिए । 

“दुई जना राष्ट्रपतिको संयुक्त पत्रकार सम्मेलन हुने छ,” प्रवक्ता दिमित्री मेद्भेदेभले पत्रकारहरुसँग भने । उनले शिखर सम्मेलनका बारेमा दुई राष्ट्रपति पुटिन र ट्रम्पको पहिलो बैठक आउँदो सोमबार हुने जानकारी पनि दिए । 

विश्वमा एक अर्काले ठिक विपरित धारको नेतृत्व गर्दै आउनु भएका पुटिन र ट्रम्पको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । यसअघि ब्रसेल्समा भएको अर्को एउटा शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई शत्रु नभई प्रतिस्पर्धीको रुपमा लिएको बताए  । 

उनले पुटिनलाई दुई पटक भेटेपनि पर्याप्त चिनजान हुन नसकेको र अव हुने भेटबाट राम्रो साथी बन्न सक्ने टिप्पणी गरेका थिए । यसअघि उनीहरुकाबीचमा गत बर्षको नोभेम्बरमा भएको एपेक शिखर सम्मेलनका क्रममा भियतनाममा पछिल्लो भेटवार्ता भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै