• २०८१ बैशाख ११ मंगलबार

चेल्सीले आफ्ना म्यानेजर एन्टोनियो कोन्टेलाई हटायो 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब चेल्सीले आफ्ना म्यानेजर एन्टोनियो कोन्टेलाई हटाएको छ । क्लबले एक विज्ञप्ति जारी गर्दै कोन्टेले क्लब छोडेको जानकारी गराएको छ । 

३८ बर्षिय इटालियन पुर्बखेलाडी कोन्टे २०१६ को जुलाईमा चेल्सी आएको थिए । सोहि सिजनमा चेल्सीलाई प्रिमियर लि को उपाधि जिताएका कोन्टेले चेल्सीलाई गत सिजनको एफए कपको उपाधि समेत जिताएका थिए ।

म्यानेजरको रुपमा चेल्सीका लागि १०६ खेल खेलेका कोन्टेले ६९ जित, २० हार र १७ बराबरी खेलेका थिए ।

अब नयाँ सिजन सुरु हुने लाग्दा चेल्सीले आफ्ना म्यानेजरलाई हटाएको हो । कोन्टेको ठाउमा नापोलीका पुर्व म्यानेजर मौरीजिओ सारी म्यानेजरको रुपमा चेल्सीमा आउने बताइएको छ ।

चेल्सीले सम्झौताभन्दा एक बर्ष अगाडी नै कोन्टेलाई हटाएपछि उनलाई ९ मिलियन पाउण्ड क्षतिपुर्ति दिने सहमति भएको बेलायती मिडियाले उल्लेख गरेका छन् ।      

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै