• २०८१ बैशाख ७ शुक्रबार

झापामा २१ झोलुड्डे पुल निर्माण

kharibot

फाइल तस्विर । 

 झापा / झापामा पछिल्लो पाँच वर्षमा २१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । 

ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक स्रोेत एवं अवसरहरुमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पु¥याउने उद्देश्यले झापाका विभिन्न खोलामा झोलुङ्गे पुल बनाइएको जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठले बताए  । 

सात करोड ७७ लाख ९२ हजार २ सय ७३ रुपैयाँको लागतमा निर्माण गरिएको झोलुङ्गे पुलका कारण तीस हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएको प्रमुख इञ्जिनियर श्रेष्ठले बताए । नेपाल सरकारको क्षेत्रगत कार्यक्रम स्वाप अन्तर्गतको केन्द्रीय अनुदान ९२ प्रतिशत, तत्कालीन जिल्ला विकास समितिको ३ प्रतिशत, गाविसको ३ प्रतिशत र उपभोक्ताको २ प्रतिशत गरी शतप्रतिशत लागतमा झोलुङ्गे पुल निर्माण भएको सहारा नेपालका सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक लीलाप्रसाद नेपालले बताए  । 

कहाँ–कहाँ बने ? 

आर्थिक वर्ष २०७०÷७१ मा हल्दिबारी–१ गोल्धाप र बाह्रदशी–५ चकचकीमा अधेरे खोलामा फोक्लेण्ड टापू ट्रष्ट ब्रीज निर्माण भएको छ । कुल ३२ मिटर लम्बाइको सो झोलुङ्गे पुल निर्माणसँगै ८३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् जसको लागत रु १७ लाख १६ हजार रहेको छ । 

एक सय ९० घरधुरी लाभान्वित हुने गरी अन्धुवा खोलामा सतानुबाडी ट्रष्ट ब्रीज निर्माण भएको छ । कुल मिटर लम्बाइको यो पुल  १२ लाख ७१ हजारमा निर्माण सम्पन्न भएको हो । बिर्तामोड–१० र गरामनी–१० जोड्ने धरधरे खोलामा १६ मिटर लम्बाइको धरधरे ट्रष्ट ब्रीज निर्माण भएको छ जसका कारण १३५ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । यो पुल रु १० लाख १५ हजारको लागतमा निर्माण गरिएको हो । 

त्यस्तै, मेचीनगरको धाइजनमा ढाक्रे खोलामा पनि बाँसबारी ट्रष्ट ब्रीज निर्माण भएको छ । कुल २८ मिटर लम्बाइको सो पुल बनाउन १५ लाख ६२ हजार खर्च लागेको बताइएको छ । यसबाट २६७ परिवार लाभान्वित भएका छन् । 

विसं २०७०÷७१ मा निर्माण गरिएका झोलुङ्गे पुलबाट ६७५ घरपरिवार प्रत्यक्ष लाभान्वित बनेको र तीन हजार ३३८ जना लाभान्वित संख्या रहेको बताइएको छ । चारवटा पुल निर्माणमा रु ५५ लाख २९ हजार खर्च भएको सहारा नेपालका सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक नेपालले बताए । 

आर्थिक वर्ष २०७१÷७२ मा चारवटा पुल निर्माण भएका छन् । पुल निर्माणसँगै ७९८ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको बताइएको छ । कुल रु ७७ लाख ५७ हजारको लागतमा निर्माण गरिएको चारवटा पुलबाटतीन हजार ८५२ घरपरिवार लाभान्वित भएको बताइएको छ । 

विसं २०७१÷७२ मा पथरी–८ र केचना–९ मा पर्ने अमलपुट्टा खोलामाथि २० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । कुल रु १२ लाख ४८ हजारको लागतमा निर्माण गरिएको सो पुलले २३७ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको बताइन्छ । पुलको नाम आदर्श टोल ब्रीज ट्रष्ट राखिएको छ । बुधबारे–१ तामाखोलामा दामातार ट्रेल ब्रीज निर्माण गरिएको छ । कुल ७५ मिटर लामो सो पुलबाट २०१ घरपरिवार लाभान्वित भएका छन् जसको लागत २८ लाख १६ हजार दुई सय ९३ रुपैयाँ रहेको छ । 

सतासी खोलामा पनि मैनाचुली टे«ल ब्रीज निर्माण गरिएको छ । सतासीधाम–९ मा पर्ने सतासी खोलको पुलको लम्बाइ ४५ मिटर रहेको छ । पुल निर्माणसँगै त्यस क्षेत्रका १४७ परिवार लाभान्वित भएका छन् । पुल निर्माणका लागि रु १९ लाख ५९ हजार खर्च भएको छ । यता, तोपगाछी–९ र तोपगाछी–२ जोड्ने ढ्यांग्री खोलमा २८ मिटर लामो झोलुङ्गे पुल बनाइएको छ । कुल रु १७ लाख ३३ हजारको लागतमा निर्माण गरिएको ढ्यांग्री ट्रष्ट ब्रीजबाट २१३ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । 

विसं २०७२÷७३ मा पनि चार वटा झोलुङ्ग पुल निर्माण भएका छन् । ज्यामिरगढी–४ र दुहागढी–८ मा ११७.४ मिटर लामो धगेरे भंगोला टे«ल ब्रिज निर्माण भएको छ । कुल रु ६५ लाख १८ हजारको लागतमा निर्माण भएको झोलुङ्गे पुलबाट ५५० परिवार लाभान्वित भएका छन् । 

जलथल–३ को काजली खोलामा समेत पुल निर्माण भएको छ । कुल १०७ मिटर लामो पुलका कारण १५० परिवार लाभान्वित भएका छन् । रु ५७ लाख ९३ हजारको लागतमा सो पुल निर्माण भएको हो जसको नाम चौकीविरान टे«ल ब्रीज राखिएको छ । 

देउनीया खोलामा पनि मसानघाट टे«ल ब्रीज निर्माण भएको छ । भद्रपुर–१४ र गरामनी–२ जोड्ने १०६ मिटर लामो पुलका कारण एक सय ९६ परिवार लाभान्वित भएका छन् । यसको लागत रु ४८ लाख ३२ हजार रहेको छ । यता अर्जुनधारा नगरपालिकाको रेखा खोलामा पनि सुखानी टे«ल ब्रीज निर्माण भएको छ । कुल रु ४२ लाख ९१ हजारको लागतमा सुखानी टे«ल ब्रीज निर्माण भएको हो । विसं २०७३÷७४ मा घाग्राखोलमा सिमलचोक टे«ल ब्रीज निर्माण भएको छ । डाँगीबारी–७ मा पर्ने घाग्राखोलमा निर्माण गरिएको पुलको लम्बाइ ६९.४ मिटर रहेको छ । कुल रु ४० लाख ३१ हजारमा निर्माण गरिएको पुलबाट त्यस क्षेत्रका पाँच सय १५ घरपरिवार प्रत्यक्ष लाभान्वित तथ्याँक छ । 

विसं २०७४÷७५ मा झापाका आठ स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको छ । कुल रु चार करोड ३८ लाखको लागतमा निर्माण भएका ती झोलुङ्गे पुलबाट तीन हजार ५२० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । 
झापा गाउँपालिका–१ को सानोमाईसहित हल्दिबारी–१ र बाह्रदशी–५ को अन्धुवा खोला सापडिग्री खोलामा ९६ मिटर लामो मुक्तिघाट मल्टीट्रष्ट ब्रीज निर्माण गरिएको छ । यसको लागत  ९७ लाख ६९ हजार रहेको छ । सो पुलका कारण एक हजार १२० परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् । 

गौरीगञ्ज गाउँपालिकाको महाभारा र बैगुन्धुरा जोड्ने कमल खोलामा पनि चाँदनी–कुञ्जीबारी ट्रष्ट ब्रीज निर्माण भएको छ । कुल ३२ मिटर लामो ट्रष्ट ब्रीज निर्माणका लागि ३७ लाख ४१ हजार खर्च भएको बताइएको छ । सो पुलका कारण चार सय ६० परिवार लाभान्वित भएका छन् । 

कमल गाउँपालिकाको तोपगाछीको भुत्लुङ्ग खोलामा ३२ फिट लामो ज्योति भुत्लुङ्ग ट्रष्ट ब्रीज निर्माण भएको छ । कुल रु २८ लाख १३ हजारको लागतमा निर्माण गरिएको पुलका कारण ३०० परिवार लाभान्वित हुने बताइएको छ । 

अर्जुनधारा–२ को गोयाङ खोलामा ८८ मिटर लामो राते–गाँजाबारी झोलुङ्गे पुल निर्माण गरिएको छ । कुल  ७७ लाख ५३ हजारको लागतमा निर्माण गरिएको झोलुङ्गे पुलले ३५० परिवार लाभान्वित हुने बताइएको छ । 
निन्दा खोलामा पनि मिनी माउन्टेन झोलुङ्गे पुल निर्माण भएको छ । कुल ८३ मिटर लामो झोलुङ्गे पुलले मनेपा बाहुनडाँगी र जिर्मले इलामलाई जोड्ने बताइएको छ जसको लागत रु ६७ लाख ५१ रहेको छ । यसबाट ४८० परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् । 

हल्दिबारी–१ गोल्धापमा ॐकारेश्वर झोलुङ्गे पुल निर्माण भएको छ । कुल ३२ मिटर लामो झोलुङ्गे पुलका कारण ५३० परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । यसका लागि रु ४४ लाख ६० हजार खर्च भएको बताइएको छ । 
त्यस्तै, सतासीधामको धरमपुरमा लेलिया खोलामा २० मिटर लामो प्रगति टोल ट्रष्ट ब्रीज निर्माण भएको छ जसका कारण २८० परिवार लाभान्वित भएका छन् । कुल रु २६ लाख १० हजारको लागतमा सो ट्रष्ट ब्रीज निर्माण भएको सहारा नेपालका सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक नेपालले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै