• २०८१ बैशाख ८ शनिबार

चार अर्ब प्रकाशवर्ष टाढाको तारामण्डलबाट शक्तिशाली प्रकाश पृथ्वीसम्म आउने गरेको खुलासा 

kharibot

अमेरिका । खगोलविद्हरुले उच्च शक्तिको नेउट्रिनो (उप आणविक तत्व) यसको आकाशीय स्रोतबाट पृथ्वीसम्म जोडिएको पहिलोपटक पत्ता लगाएका छन् । यो शताब्दीयौँ पुरानो रहस्य अनुसन्धानकै प्रक्रियामा रहेको थियो । 

नेउट्रिनोजलाई समूहरहित अणुको पनि अंशको रुपमा लिइन्छ जोसँग कुनै विद्युतीय चार्ज नहुने र सोही कारण विरलै यसका वरिपरिका तत्वहरुसँग अन्तक्र्रिया हुने गर्दछ । अझै भन्नुपर्दा हरेक सेकेन्डमा हाम्रो शरीरबाट विना कुनै अवरोध ट्रिलियनभन्दा बढी यस्ता घोष्ट पार्टिकल्स निःसृत हुने बताइन्छ । 

यस्ता प्रायः नेउट्रिनोहरु सूर्यबाट आउने विश्वास गरिन्छ । तर थोरै प्रतिशत नेउट्रिनोजले भने अत्युच्च शक्ति प्रवाह गर्छन् । त्यो पनि अन्तरिक्षको एकदमै गहिराइबाट । दक्षिणी ध्रुवमा रहेको आइसक्युब नेउट्रिनो अब्जर्भेटरीले गरेको अवलोकनमा अनुसन्धाताहरुले यस्तो अनौठो प्रकारको ‘कस्मिक नेउट्रिनो’ न्यो पनि अत्यन्त टाढाको ‘ब्लेजर’ ग्यालेक्सी (तारामण्डल)बाट पृथ्वीसम्म आइपुगेको पत्ता लगाएको बताएका छन् ।

उक्त ग्यालेक्सीको मध्य क्षेत्रमा तीव्र गतिमा घुम्ने ‘सुपरम्यासिभ’ (अत्यन्त विशाल) ब्ल्याकहोल रहेको बताइएको छ । त्यहाँ अरु धेरै ब्ल्याकहोल रहेको मानिएको छ । कस्मिक नेउट्रिनोहरु कस्मिक रे (आकाशीय प्रकाश)सँगै निःसृत हुने गर्छन् भने उच्च शक्तियुक्त यस्ता नेउट्रिनोजले हाम्रो पृथ्वीलाई निरन्तर रुपमा प्रहार गरिरहेको पाइएको हो । यसलाई तीव्र गतिको कस्मिक रेजका रुपमा पनि चित्रण गरिएको छ । 

सन् १९१२ मा यसबारे ज्ञान भए पनि गत बिहीबार पत्ता लागेको नेउट्रिनोजको स्रोतसँगको सम्बन्धलाई वैज्ञानिकहरुले ऐतिहासिक  मानेका छन् । आइसक्युबका एक जना फ्रान्सिस हाल्जेन नामका नेतृत्वकर्ता वैज्ञानिकले शताब्दीअघि देखि खोजीमा रहेको यस प्रकारको तथ्य अहिले आएर पुष्टि भएको प्रतिक्रिया दिए । उनी विसकनसिन म्याडिसन विश्वविद्यालयका भौतिकशास्त्री प्राध्यापक पनि हुन् ।  

सन् २०१७ को सेप्टेम्बर २२ मा आइसक्युबले अर्को एउटा कस्मिक नेउट्रिनो भेट्टायो । यो एकदमै शक्तिशाली, करिब ३०० टेराइलेक्ट्रोन भोल्टयुक्त, अर्थात् प्रोटोनहरुको शक्तिभन्दा ५० गुणा ठूलो रहेको थियो ।

सामूहिक प्रयासबाट पत्ता लाग्यो 
आइसक्युबको व्यवस्थापन अमेरिकी राष्ट्रिय विज्ञान फाउण्डेसन (एनएसएफ)ले गर्दै आएको छ भने यसले नेउट्रिनो पत्ता लगाउने एक मात्र लक्ष्य लिएको बताइएको छ । यो ८६ वटा केवलमा आधारित छ । जसले २.५ किमिसम्म अन्टार्कटिकाको हिमक्षेत्रमा बोरहोलभित्र सम्बन्धित रहेर अध्ययन गरिरहेको छ ।

हरेक केवलमा ६० वटा बास्केटबल आकारको डिजिकल अप्टिकल मोड्युल रहेका छन् जसको बाहिर सेन्सिटिभ लाइट डिटेक्टर (संवेदनशील प्रकाश पत्ता लगाउने यन्त्र) राखिएका छन् । यसले नेउट्रिनोले आणविक अंशसँगको अन्तक्र्रियापछि उत्सर्जन गर्ने नीलो प्रकाशको विशेषता पत्ता लगाउँछ । उक्त क्षेत्रमा अन्य सबैखाले पार्टिकललाई आइसले रोके पनि नेउट्रिनोलाई भने रोक्न नसक्ने बताइएको छ ।

हाल्जेनका अनुसार यस प्रकृतिको घटना विरलै हुन्छ । सन् २०१३ मा पनि आइसक्युबले मिल्की वे ग्यालेक्सीबाट नेउट्रिनो आउने कुरा निश्चित गरेको थियो । तर अनुसन्धाताले यसको मुख्य स्रोत भने पत्ता लगाउन सकेका थिएनन् । 

सन् २०१७ को सेप्टेम्बर २२ मा आइसक्युबले अर्को एउटा कस्मिक नेउट्रिनो भेट्टायो । यो एकदमै शक्तिशाली, करिब ३०० टेराइलेक्ट्रोन भोल्टयुक्त, अर्थात् प्रोटोनहरुको शक्तिभन्दा ५० गुणा ठूलो रहेको थियो ।

१ मिनेटको समयमै धेरै कुराहरुबारे अनुसन्धाताहरुले जान्ने मौका पाएका थिए । सोलगत्तै उनीहरुले २० टेलिस्कोपको सहायता लिएका थिए । यसले टीएक्सएस०५०६प्लस०५६ नामक ब्लेजर नै यसको स्रोत रहेको पुष्टि भएको थियो ।

नासाको अर्थ अर्बिटिंग फेर्मी गाम्मा रे स्पेस टेलिस्कोप तथा मेजर एटमोस्फरिक गाम्मा इमेजिंग चेरेन्कोभ टेलिस्कोप (म्याजिक)जस्ता धेरै फरक फरक यन्त्रहरुले पत्ता लगाउँदै उक्त तारामण्डलबाट शक्तिशाली गाम्मा रे प्रकाश आउने गरेको पत्ता लागेको हो ।

जुन तारामण्डल पृथ्वीभन्दा ४ बिलियन अर्थात् ४ अर्ब प्रकाशवर्ष टाढा रहेको छ । 

यी कुराहरु नासाको अर्थ अर्बिटिंग फेर्मी गाम्मा रे स्पेस टेलिस्कोप तथा मेजर एटमोस्फरिक गाम्मा इमेजिंग चेरेन्कोभ टेलिस्कोप (म्याजिक)जस्ता धेरै फरक फरक यन्त्रहरुले पत्ता लगाउँदै उक्त तारामण्डलबाट शक्तिशाली गाम्मा रे प्रकाश आउने गरेको पत्ता लागेको हो ।

सन् २०१५ को सुरुदेखि २०१४ को अन्त्यसम्म यस्ता रे पत्ता लगाउने यन्त्रहरुबाटै यी थप कुराहरु बाहिरिएका हुन् । अहिलेसम्म पत्ता लागेका सबै पार्टिकलहरु एकअर्कामा सम्बन्धित रहेको मानिएको छ ।

यसबारे यही बिहीबार जर्नल साइन्समा प्रकाशित भएको थियो ।  

ब्लेजरलाई एकदमै सक्रिय तारामण्डलका रुपमा लिने गरिएको छ । यसका प्रकाश पृथ्वीसम्म प्रत्यक्ष आउने गरेका छन् । तर अहिले पत्ता लागेजसरी प्रमाणित भने भइसकेको थिएन । यसबारे भविष्यमा अझ धेरै ज्ञान पाउन सकिने बताइएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै