• २०८१ बैशाख १२ बुधबार

सरकार जुम्ला पुगेर डा.गोविन्द केसीसँग वार्ता गर्दैन – शिक्षामन्त्री पोखरेल 

kharibot

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले जुम्ला पुगेर डा.गोविन्द केसीसँग वार्ता नगर्ने बताएका छन् ।

काठमाडौंमा शुक्रबार भएको शिक्षा पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री पोखरेलले सरकार वार्ता विरोधी होइन भन्दै जुम्लामा गएर वार्ता नगर्ने प्रष्ट पारे । उनले स्वास्थ्य कमजोर भएको बेला वार्ता भन्दा उपचार गर्नुपर्ने बताए । 

डा.केसीलाई उपचार गर्न हेलिकोप्टरमार्फत राजधानी ल्याउने प्रयास गरेको बताउदै मन्त्री पोखरेलले जुम्लामा आइसीयु सेवा नभएको र् डा. केसीलाई समयमै उपचारका लागि काठमाडौँ ल्याउनुपर्ने बताए । उनले ढिला भयो भने डा.केसीको स्वास्थ्य झन् बिग्रिने भन्दै डा. केसीलाई काठमाडौँ ल्याइयो भने सरका ले बल प्रयोग गरेर ल्यायो भनेर नलेख्न पत्रकारहरुलाई आग्रह गरे ।

मन्त्री पोखरेलले वर्षाको बेला अनसन बसेको भन्दै अहिले बाढी पिडितको उपचारमा डाक्टर पठाउने कि डा. केसीको उपचारमा पठाउने भन्दै डा.केसीले अनसन बस्नु नपर्ने बताए । 

राजधानीमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न दिने-नदिने, कुन विश्वविद्यालयले कति वटा मेडिकल कलेजलाई अनुमति दिने भन्नेजस्ता सबै मापदण्ड आयोगले तय गर्ने बताउदै मन्त्री पोखरेलले प्रधानमन्त्री संयोजक, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीहरु सदस्य हुने शक्तिशाली आयोग प्रस्ताव गरिएको बताए ।

माथेमा कार्यदलले दिएको सुझाव र पूर्ववत देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश हुबहु नआउने बताउदै मन्त्री पोखरेलले अनसनको मात्रै समाचार छाप्न नछाप्न र् बिधेयकमा भएका कुरा बाहिर ल्याउन पत्रकारहरुलाई आग्रह गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै