• २०८१ बैशाख १३ बिहीबार

आँपले बजार नपाउँदा सुर्खेतका कृषक चिन्तित

kharibot

फाइल तस्विर । 

सुर्खेत / भेरीगंगा नगरपालिका–१३ रामघाटका प्रेम वली आँप बिक्री नभएपछि चिन्तित छन्  । 

उत्पादन भएको आँपले बजार नपाएपछि उनलाई चिन्ता भएको हो । बिक्री हुन नसक्दा अहिले आँप कुहिन थालेको छ । 

“गत वर्ष आँप बेचेर  तीन लाखसम्म आम्दानी गरेका थियौँ, यसपाली आँप बिक्री हुन सकेको छैन,” वलीले भने । 

रामघाटकै धनसरा भण्डारीको आँप बिक्री नभएर बगैँचामा कुहिएको छ । “फलफूलबाहेक अन्य बाली राम्रो उत्पादन हुँदैन”, उनी  भन्छन् “आँपबाटै गुजारा चलाउँदै आएका छौँ ।” आँप बिक्री नभए वर्षभरि नै भोकै बस्नुपर्ने हुन्छ । 

आँपले बजार नपाएपछि कृषकले कर्णाली प्रदेश सरकारसँग जुस उद्योग स्थापनाको माग गरेका छन् । कृषकले बजारीकरण गर्न जुस उद्योग र शीतभण्डारको माग गरेका छन् । 

“आँप कुहिएर जाने भएकाले जुस उद्योग आवश्यक छ,” रामघाटका सुरेन्द्र सिंहले भने । भारतबाट आयात गरिएको आँपसँग यहाँ उत्पादित आँपले प्रतिष्पर्धा गर्न नसक्दा बजार पाउन नसकेको हो । 

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आँपको बजारीकरणका लागि प्रदेश सरकारले पहल गर्ने बताए  । “यहाँको आँपको गुणस्तरमा समस्या देखिएको छ”, उनले भने । फलफूल बजारीकरणका लागि कर्णाली प्रदेश सरकारले  तीन करोड बजेट छुट्याएको मन्त्री केसीले जानकारी दिए। 

“प्रदेशका प्रत्येक जिल्लामा प्रशोधन केन्द्रका लागि रु ५० लाख बजेट छुट्याइएको छ,” उनले भने । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै