• २०८१ बैशाख १४ शुक्रबार

विश्व फुटबलमा मेसी र रोनाल्डोको राज तोड्दै लुका मोड्रीच !

kharibot

काठमाडौँ । विश्वकप फाइनलको समीकरण पुरा भएसँगै अभ विश्व फुटबलमा रोनाल्डो र मेसीको युग समाप्त भएको चर्चा चल्न थालेको छ । 

फ्रान्सका युवा खेलाडी किलीयन एम्बाप्पेलाई अब फुटबलको नयाँ सुपरस्टारको रुपमा हेरिएको बेला अब क्रोसियाका प्लेमेकर लुका मोड्रीचलाई यस बर्षको बेलुन डोअर जित्न लायक खेलाडीको रुपमा हेर्न थालिएको छ ।

रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोड्रीचले रियललाई च्याम्पियन्स लिग जिताउन खेलेको भूमिका र क्रोसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याए पछि अब यस बर्षको उत्कृष्ट खेलाडीको अवार्डको प्रमुख दाबेदार मोड्रीच बनेको देखिन्छ । फुटबलमा गोल गरे मात्र उत्कृष्ट बन्ने कुरा मोड्रीचले गलत साबित गरेको भन्दै उनको खेलको सर्वत्र तारिफ भएको छ । 

यस विश्वकपमा २ गोल गरेका मोड्रीच क्रोसियाको मिडफिल्डमा इभान राकिटिकसँग मिलेर सम्हालेका छन् । चाहे समुह चरणमा अर्जेन्टिनाविरुद्धको खेल होस् चाहे सेमिफाइनलमा इङल्याण्डविरुद्धको खेल होस् मोड्रीच बिचलित नभई क्रोसियाको मिडफिल्डमा जमिरहेको देखियो । जसको परिणाम विश्वकपको इतिहासमा क्रोसिया पहिलो पटक फाइनलमा पुग्न सफल भयो ।

लुका मोड्रीचको बाल्यकाल :

लुका मोड्रीचले आफ्नो बाल्यकालमा युद्धले आफुलाई बलियो बनाएको पटक पटक आफ्ना अन्तर्वार्तामा बताउने गरेका छन् । क्रोसियाको उनको गाँउमा सर्बियाले गरेको आक्रमणका कारण ६ बर्षको उमेरमा नै बम र गोली पड्केको देखेका मोड्रीच ६ बर्षको हुदा आफ्नै आँखा अगाडी आफ्ना हजुरबुबाको गोली हानि हत्या गरेको देखेका थिए । उनकी आमा एक कपडा उद्योगमा काम गर्ने कामदार थिइन् भने पिता भने क्रोसियन सेनाका एक मेकानिक थिए । लगातारको युद्धको चपेटामा परेपछि मोड्रीचको परिवार शरणार्थी क्याम्पमा गएको थियो ।
यस्तो पारिवारिक वातारणबाट निस्किएर क्रोसियाको फुटबलर बनेका मोड्रीच उनको अलि होचो कदलाई लिएर हुने आलोचनालाई आफ्नो खुट्टाको जादुले जहिले पनि गलत साबित गरिदिएका छन् । 

फुटबल यात्रा : 

सन् २००१ बाट क्रोसियाको अन्डर १५ टिमबाट हेलन सुरु गरेका मोड्रीचले अन्डर १७, १८, १९  र् २१ हुदै क्रोसी को राष्ट्रिय टिममा सन् २००६ देखि खेलिरहेका छन् । राष्ट्रिय टिमका लागि अहिलेसम्म ११२ खेल खेलेका मोड्रीचले १४ गोल गरेका छन् । उनी अहिले क्रोसियाका कप्तान समेत हुन् ।

व्यावसायिक फुटबलमा मोड्रीचले क्रोसियाकै क्लब डिनामो जाग्रेबबाट उनको सफल व्यावसायिक फुटबल सुरु भएको थियो । हुन् त यसअघि सन् २००३ मा बोसनियाको क्लब जिर्जेसकीबाट एक सिजन खेले पनि उनी त्यसपछि एक सिजन क्रोसियाकै इन्टर जाप्रेसिकबाट खेलेका थिए ।

तर मोड्रीचको असली व्यावसायिक फुटबल यात्रा डिनामोबाट सुरु भएको देखिन्छ । सन् २००५-६ सिजनबात डिनामोमा १० बर्षको सम्झौता गरेर खेल्न सुरु गरेका मोड्रीचले त्यसपछिका दुई सिजनमा डिनामोलाई लिग जिताएका थिए भने युरोप लिगमा छनोट चरणसम्म पुर्याएका थिए । मोड्रीचले डिनामोका लागि तीन पुरा सिजनमा १२८ खेल खेल्दै कुल ३२ गोल गरेका थिए ।

उनले डिनामोमा तीन सिजन लिगको उपाधि जितेका थिए भने २ पटक क्रोसियन कप र् एक पटक क्रोसियन सुपर कप जितेका थिए । 

त्यसपछि सन् २००८ देखि २०१२ सम्म मोड्रीच प्रिमियर लिग क्लब टोटनह्यामका लागि खेलेका थिए । टोटनह्यामका लागि कुल १५९ खेल खेलेका मोड्रीचले कुल १७ गोल गरेका छन् ।

त्यसपछि सन् २०१२- २०१३ सिजनदेखि स्पेनिस कल्ब रियल म्याड्रिड आएका मोड्रीच अहिले रियलको मिडफिल्डका प्रमुख खेलाडी हुन् । रियलको पछिल्लो ६ सिजनमा कुल २५७ खेल खेलिसकेका मोड्रीचले १३ गोल पनि गरेका छन् । रियल म्यदरी मा ६ सिजन खेल्दा ४ च्याम्पियन्स लिग, एक ला लिगा, ३ फिफा क्लब विश्वकप, ३ युरोप सुपर कप, एक कोपा डेल रे को उपाधि जितेका छन् । उनी दुई पटक सन् २०१३-१४ र २०१५-१६ मा ला लिगाको उत्कृष्ट मिडफिल्डर बनेका छन् । साथै उनले सन् २०१७ मा क्लब विश्वकपको गोल्डेन बल पनि जितेका थिए ।

मोड्रीचले यस पटकको विश्वकप जितेमा उनी क्लब र देशबाट फुटबलका ठुला उपाधि जित्ने खेलाडीको इलाइट क्लबमा दर्ता हुने छन् । यस अघि क्लब र देशबाट फुटबलका ठुला उपाधि जित्ने ८ खेलाडी रहेका छन् । जसमा सन् १९७४ मा सेप माइयेर, पौल ब्रेंटनर, हंस जिर्ज, फ्रान्ज बेकेनबुअर, जेर्ड मुलर र् उली होइनेसले पश्चिम जर्मनीका लागि विश्वकप र् बायर्न म्युनिखबाट खेल्दै च्याम्पियन्स लिग जितेका थिए । त्यस्तै रियल म्याड्रिडका क्रिस्टियन केरेमेबेउले फ्रान्सका लागि सन् २००२ को विश्वकप र् रियलबाट च्याम्पियन्स लिग जितेका थिए । त्यस्तै सन् २००२ मा रोबोर्टो कार्लोसले ब्राजिलका लागि विश्वकप जिते भने उनले रियल म्याड्रिडबाट खेल्दै च्याम्पियन्स लिग जितेका थिए ।

बेलुन डोअरको चर्चा :

सन् २००७ देखि यता रोनाल्डो र मेसीले ५-५ पटक बेलुन डोअर जितेका छन् भने २००७ मा ब्राजिलका काकाले सो अवार्ड जितेका थिए । अब विश्वकपको फाइनलमा मोड्रीचको देश क्रोसियाले विश्वकप जिते पनि नजिते पनि क्लब र देशका लागि उनको यस बर्षको प्रदर्शन गर्दा बेलुन डोअरको प्रमुख दाबेदारमा मोड्रीचको नाम बलियो रुपमा अगाडी आएको छ ।            
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै