• २०८१ बैशाख ६ बिहीबार

भानुभक्तले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरे – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताए ।

२०५औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधराण र कालजयी रहेको बताए । “भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना,शैली र प्रवृतिको आफ्नै महत्व रहेको बताए । 

प्रतिष्ठानले कार्यलय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओली सकारात्मक हुदै भने -“तपाईंहरुका मागका सम्बन्धमा मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गरिनेछ ” ।

प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै