• २०८१ बैशाख १३ बिहीबार

बाजुरामा आयो ४ रेक्टर स्केलको भूकम्प

kharibot

बाजुरा  । यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । 

भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै