• २०८१ बैशाख १३ बिहीबार

काभ्रेमा बाढीले बगाउँदा एकको मृत्यु, चार घरमा क्षति

kharibot

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ स्थित बोहरेदोभानमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुधबारदेखि निरन्तर परेको वर्षाका कारण खोलामा बाढी आएपछि विहिबार बिहान पाँचखालस्थित झिगु खोला तर्नेक्रममा बगाउँदा सोही नगरपालिका–१२ का डोरनाथ कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए । 

यसैबीच, बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–२ मा दुई घर र वडा नंं १ मा एक घर तथा रोशी गाउँपालिका–८ मा एउटा घर गरी चार घर पूर्णरुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै