• २०८१ बैशाख १२ बुधबार

एसइईमा उतिर्ण विद्यार्थी तथा शिक्षकलाई अनेरास्ववियुको सम्मान 

kharibot

काठमाडौँ । देशै भरीका सामुदायिक स्कुलका शिक्षक तथा बिद्यार्थीहरु एकै ठाउँमा जम्मा  भएका छन्  ।

अनेरास्वीयु र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आयोजना गरेको एसइइ उत्तिर्ण बिद्यार्थीहरुलाई  सम्मान तथा बधाई कार्यक्रममा नेपाल अधिराज्य भरीका एसइइ पास भएका विद्यार्थी तथा शिक्षक , शिक्षिकाहरु सम्मानीत भएका छन्  ।

सामुदायिक स्कुल पनि निजी स्कुलको तुलनामा कम छैनन् भन्ने देखाउँन आफुहरुले सामुदायिक स्कुलबाट ए र ए प्लस ल्याएका बिद्यार्थीहरुलाई सम्मान गरेको  आयोजकले जानकारी दिएका छन्  ।

राम्रो शिक्षाको लागि निजी विद्यालय धाउनु पदैन् सामुदायिक विद्यालयमै राम्रो पढाई हुन्छ । आज राष्ट्रिय सभा गृहमा आयोजित सम्मान तथा बधाई कार्यक्रममा बोल्दै पर्यटन मन्त्री रवीन्द्र अधिकारीले प्लस टु उच्च शिक्षाको बेश भएको कारण  सार्वजनिक स्कुलबाट पाएको अंक अमुल्य भएको बताएका छन्  । मन्त्री अधिकारीले सामुदायिक बिद्यालयको शिक्षामा स्तर उन्नती नभई देश विकास र सम्वृद्धिमा नलाग्ने बताउदैँ सामुदायिक स्कुलको स्तर उन्नतीमा सरकार केन्द्रित भएको  बताएका छन्  । 

उनले भने ‘सरकार सामुदायिक स्कुलको स्तर उन्नतिमा लागेको छ,  यसमा सबैजना अगाडी बढ्नुपर्छ त्यसको लागि सबैभन्दा धेरै पढ्नुपर्छ ।’

त्यस्तै अनेरास्वीयु अध्यक्ष नविना लामाले सरकारी र सामुदायिक स्कुल बिचको खाडल नपुरीएको भन्दै दबाब दिइरहेको जानकारी गराईन्  । यसैबिच लामाले संबिधानले नै आधारभुत आबश्यकतामा राखेको शिक्षामा जब सम्म बिभेद गरीन्छ तब सम्म शिक्षित नेपाली र सम्बृद्ध नेपाल बनाउँन नसकिने बताईन्  ।

देशै भरीका सम्पुर्ण सामुदायिक विद्यालयबाट राम्रो अंक ल्याउने विद्यार्थी र शिक्षक समेतलाई कार्यक्रममा सम्मान गरीएको थियो  ।
    
        
    
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै