• २०८१ बैशाख १३ बिहीबार

मौद्रिक नीतिलाई सेयर बजारको झड्का, नेप्सेमा दोहोरो अंकको गिरावट 

kharibot

काठमाडौं । सेयर बजारलाई मौद्रिक नीतिले नमिठो उपहार दिएको छ । लगातार घट्दै आएको बजार नेपाल राष्ट्र बैंकले अघिल्लो दिन बुधबार आर्थिक बर्ष २०७५—०७६ को मौद्रिक नीति घोषणा गरेपश्चात झन  दोहोहो अंकले घटेको छ । 

आज बिहिबार नेप्से १३ दसमलव ६६ अंकले घटेर ११ सय ९१ दसमलव ९८ बिन्दुमा झर्दा सेन्सिटिभ पनि दुई दसमलव ९३ अंकले घटेर दुई सय ५१ दसमलव बिन्दुमा झरेको छ ।

नेप्सेमा आज एक सय ६३ कम्पनीहरुको चार हजार नौ सय ४१ वटा कारोवारमा १६ लाख २० हजार आठ सय ८० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुदा कारोवार रकम ४५ करोड ४४ लाख छ हजार दुई सय ५६ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक उच्च अंकलेर घटेर उत्पादनमुुलक समुहको सुचकमा झिनो अंकले सुधार आएको छ । 

आज सबैभन्दा उच्च अंकले घटेको बीमा समुहको सुचक एक सय सात दसमलव ५८ अंकले घटेर छ हजार आठ दसमलव ९४ बिन्दुमा झरेकोमा पाँच करोड ४० लाख ४६ हजार दुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बाँणिज्य बैक समुहको सुचक पनि १० दसमलव ३१ अंकले घटेर एक हजार नौ दसमलव ६६ बिन्दुमा झरेकोमा १८ करोड ८३ लाख २९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी बिकास बैक समुहको सुचक पनि १८ दसमलव ८३ अंंकले घटेर १४ सय एक दसमलव ८६ बिन्दुमा झरेकोमा एक करोड ९९ लाख ८१ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलबिद्युत, लघुबित्त, टे«डिङ, होटल, फाईनान्स र अन्य समुहको सुचकमा पनि गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको कञ्चन डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ ५१ पैसाले बढेर दुई सय चार रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको नागवेली लघुबित्त बिकास बैकको सेयर मुल्य छ रुपैयाँ ७० पैसाले घटेर १२ सय ८५ रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको लक्ष्मी बैकको प्रतिकित्ता दुई सय ५७ रुपैयाँ अन्तिम मुल्यमा छ करोड ५१ लाख ५४ हजार तीन सय ४० रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै