• २०८१ बैशाख ६ बिहीबार

फिफाद्वारा इङल्याण्डको फुटबल टिमलाई ७७ लाख ५७ हजार जरिवाना 

kharibot

काठमाडौँ । फिफाले इङल्याण्डको फुटबल टिमलाई ७० हजारस्विस फ्र्यांक ७७ लाख ५७ हजार नेपाली रुपैया जरिवाना लगाएको छ । 

विश्वकपका खेलमा इङल्याण्डका खेलाडीहरु डेल अली, इरिक डायर र रहिम स्टरलिङले फिफाले अनुमति नदिएका मोजा प्रयोग गरेको पाइएपछि सो जरिवाना गरिएको फिफाले जनाएको छ । फिफाले इङल्याण्डले मिडिया र मार्केटिंग नियम मिचेकोले सो जरिवाना लगाइएको जनाएको छ । 

इङल्याण्डले स्विडेनसँगको क्वाटरफाइनल खेलमा फिफाको अनुमति बिना अन्य ब्रान्डको खेल सामग्री प्रयोग गरेको आरोप लगाएको छ । स्विडेनको फुटबल फेडेरेशनलाई पनि यसअघि यस्तै किसिमको जरिवाना गरिएको थियो ।

यस विश्वकपमा अर्जेन्टिना फुटबल फेडेरेशनलाई पनि अर्जेन्टिनाका फ्यानले मैदानमा केहि सामग्री फालेको र गालि गलोज गरेको आरोपमा एक लाख ५ हजार स्विस फ्र्यांक अर्थात एक करोड १६ लाख ३६ हजार नेपाली रुपैया जविराना तिराइएको थियो ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै