• २०८१ बैशाख ४ मंगलबार

मेडिसिटी अस्पताल र राउण्ड टेबल नेपालबीच सेवा आदान–प्रदानको सम्झौता

kharibot

काठमाडौँ । राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदान–प्रदानको सम्झौता भएको छ ।

राउण्ड टेबल नेपालको केन्द्रिय कार्यालय टेकुमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र राउण्ड टेबल नेपालका अध्यक्ष जयन्त अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

राष्ट्रको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहनेमा विशेष विश्वास गर्ने राउण्ड टेबल नेपाल र स्वदेशमै सम्पूर्ण उपचार सम्भव रहेकोमा विश्वास गर्ने नेपाल मेडिसिटीबिच बुधबार सम्झौता भएको हो । 

देशका विभिन्न स्थानको प्रतिनिधित्व गर्दै ४५० भन्दा बढि यूवा एवं पुरुष सदस्य रहेको  राउण्ट टेबल नेपालका सदस्य र सदस्यका परिवारलाई सम्झौता पश्चात नेपाल मेडिसिटीले १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । समाजिक सेवा गर्र्दै आएको राउण्ड टेबल नेपालका अभियानमा स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल तयार रहेको छ । 

ललितपुरमा रहेको नैपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालले देशैभरका नागरिक सम्म उच्चस्तरिय सेवा प्रदान गर्ने लक्ष्य राखेकोमा यस सम्झौताले विशेष भूमिका खेल्ने विश्वास असपतालका महाप्रबन्धक विजय रिमालले बताएका छन् । 

त्यस्तै सम्झौता पश्चात राउण्ड टेबल नेपालका अध्यक्ष अग्रवालले उपत्यका बाहिर रहेका मानिसहरुलाई पनि अन्तराष्ट्रिय स्वास्थ्य सेवा प्रदान गराउन आफुलेपनि साथ दिने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै