• २०८१ बैशाख ७ शुक्रबार

मोडलले बच्चासँगै गुडियालाई पनि स्तनपान गराएपछि ..

kharibot

उत्तर अमेरिका । एक अमेरिकी मोडल तथा अभिनेत्री क्रिसी टिगनले स्तन पान गराउँदै गरेको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तस्बिरले उनको निकै आलोचना समेत गराएको छ । इन्स्टाग्राममा उनले तस्बिर पोष्ट गरेकी थिइन् । आफ्नो तस्बिरमा उनले बच्चासँगै अर्की एक बालिकाजस्ती खेलौनालाई पनि सँगै स्तन पान गराइरहेकी छिन् । 

दुई बच्चाकी आमा समेत रहेकी उनले तस्बिरसँगै लेखेकी छिन्, ‘लुना चाहन्थिन् कि मैले उनको गुडियालाई पनि सँगै स्तनपान गराऊँ, त्यही भएर यसो गरेँ ।’ उनको पोष्टमा एकै दिनमा इन्स्टाग्राममा ३ लाखले लाइक गरेका थिए भने १८ हजारले ट्विटरमा लाइक गरेका थिए । तर सबैले यो तस्बिर मन पराएनन् । धेरैले आलोचना गरे । 

धेरैले यस्तो तस्बिर पोष्ट गर्न नहुने भनी उनको आलोचना गरेका थिए । तर उनले भने मानिसहरुलाई स्विमिंगपुलको तस्बिर देख्दा केही नहुने तर स्तनपानको तस्बिरले सबथोक हुने भन्दै प्रतिक्रिया दिएकी छिन् । यता स्तनपानलाई अभियान नै चलाउनेहरुले भन उनको ठूलो प्रशंसा गरेका छन् । 

यसअघि पनि यस्ता तस्बिरहरु सामाजिक सञ्जालहरुमा भाइरल बन्ने गरेका थिए । २०१६ मा अभिनेत्री लिव टेलरले पनि यस्तै तस्बिर इन्स्टाग्राममा राखेकी थिइन् भने अभिनेत्री ठेण्डी न्युटनले पनि यस्तै पोष्ट गरेकी थिइन् ।

गत मार्चमा क्यानडाका गायक अलानिस मोरिसेटले आफ्नो इन्स्टाग्राममा आफ्नै परिवारको साथ तस्बिर पोष्ट गरेका थिए जहाँ उनी आफ्नो बच्चालाई स्तनपान गराइरहेकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै