• २०८१ बैशाख १३ बिहीबार

थाइल्याण्डको चर्चित गुफाकाण्ड : किन गएका थिए १२ खेलाडी लिएर प्रशिक्षक ? 

kharibot

तस्बिर : युट्युब/गेट्टी इमेज/बीबीसी

थाइल्याण्ड/  गत सातादेखि थाइल्याण्डको गुफामा १२ बालक हराएपछि यसले अन्तर्राष्ट्रिय चासो बढिरहेको छ । आइतबार मात्रै चार जनाको उनीहरु हराएको भनिएको गुफाबाट उद्धार गरिएको थियो । बाँकी खेलाडी र प्रशिक्षक अझै गुफाभित्रै थुनिएका छन् । 

यो गत २३ जुन शनिबारको घटना हो । जुन दिन फुटबल प्रशिषक र उक्त १२ जना बच्चाहरु मृत्युगुफामा छिरेका थिए । तर उनीहरु किन छिरेका थिए भन्ने सवाल उठेको छ । बीबीसीका अनुसार २३ जुनको स्थानीय समयअनुसार दिनको १० बजे यो फुटबल टोली अभ्यासको लागि गएको थियो ।

१० बजेर ४२ मिनेट जाँदा प्रशिक्षकले फेसबकुमा एउटा भिडियो पनि पोष्ट गरेका थिए । साँझ करिब ३ बजेतिर उनीहरु चढेको साइकललाई एक खुनाम नांगनोन नेशनल पार्कका अधिकारीहरुले गुफाको प्रवेशद्वारमा देखेका थिए । त्यसपछि उनीहरुलाई खोज्न सुरु गरिएको थियो । 

त्यसैमध्येका एक बालकका अभिभावकले आफ्नो बच्चासँग सम्पर्क नभइरहेको जानकारी दिएका थिए । 

शनिबार राति नै आधिकारिक रुपमा प्रहरीले यसबारे जानकारी पायो भने २४ जुनबाट भने अभियानकै रुपमा उनीहरुको खोजी भयो । 

केही स्थानीय सञ्चारमाध्यमले भने गुफामा फुटबल अभ्यासपछि उनीहरु एउटा सरप्राइज पार्टीका लागि गएका थिए । यही टिमका एउटा खेलाडीको नाम गेम रहेको छ । २३ जुनमा उनी उक्त गुफामा थिएनन् । 

उनले कासोद नामक अखबारसँग भनेअनुसार टिम यसअअघि पनि तीन पटक गुफामा गइसकेको थियो तर यस्तो वर्षा कहिल्यै भएको थिएन । 

उनका अनुसार पहिले पहिले पनि त्यहाँ गएर तयारी गर्ने गरिन्थ्यो । उनीहरु टर्च लाइट सँगै लिएर जान्थे । पूरा तयारी गरेर नै जान्थे । गेम यसपटक भने त्यसमा सहभागी हुन पाएनन् स्वास्थ्यको कारणले उनीहरु प्रायः कसैको जन्मोत्सव पर्दा त्यहाँ जाने गर्दथे । 

यही हप्ता गुफाबाट एउटा चिठी आएको थियो । फुटबल प्रशिक्षक एकापोलले आफ्नी हजुरआमालाई निराश नहुन भनेका थिए । योसँगै उनले सबैका अभिभावकसँग पनि माफी मागेका थिए । 

कसरी फस्न पुगे ? 
गुफामा टिम पुगेपछि वर्षा सुरु भयो । जंगलमा बाढी आएका कारण मुख्य प्रवेशद्वार बन्द भयो । त्यसपछि उनीहरु त्यहाँ फस्दै आएका हुन् । गुफाभित्र पानीको स्तर बढेको कारण उद्धारमा कठिनाइ हुँदै आएको छ । 

ट्याम लोंग गुफ १० हजार ३ सय १६ मिटर लामो रहेको र थाइल्याण्डकै चौँथो ठूलो गुफा पनि रहेको छ । 

बेलायती क्याब रेस्क्यु काउन्सिलका बिल वाइटहाउसका अनुसार गोताखोरहरु निकै भित्र पुगेर खोजी गरेका थितए । ७ जुलाइमा डेलीन्युज वेबसाइटको रिपोर्टअनुसार एक खोज अभियान बच्चालाई माथि निकाल्न काम गरिरहेको छ । 

त्यस्तै बीबीसी थाईको रिपोर्टअनुसार मुख्य प्रशिक्षकका अनुसार उनीहरु देशकै पेसेवर फुटबल टिम बन्न थाहन्थे । 

यस्तो छ मिथ 
यता थाइल्याण्डको यो गुफालाई लिएर धेरै अड्कलबाजी चल्छन् । त्यसैमध्येको एकअनुसार यो गुफाको नाम ट्याम लोंग खुन नम नांग नोन हो । यसको मतलब पर्वतमा सुतेकी एक महिलाको गुफा हो जो एक नदीको उद्गमविन्दु हो । कहानीअनुसार चियांगरुंग सहरकी एक राजकुमारी एक घोडासवारबाट गर्भवती बनेकी थिइन् । दुवै आफ्नो जिन्दगीलाई लिएर डराएका थिए । सोही कारण दक्षिणी भागमा गए । जब दुवै पर्वतीय इलाकामा पुगे पतिले राजकुमारीसँग केही खाने कुरा ल्याउन जान्छु भनी आराम गर्न लगाए । यहीबीचमा राजकुमारीका पिताले उसको हत्या गरिदिए । 

धेरै दिनसम्म राजकुमारीले पतिको प्रतीक्षा गरिन् । जब उनलाई अब पति नआउने लाग्यो राजकुमारीले कपालमा लगाउने काँटाले आत्महत्या गरिन् । उनको रगत पहाडबाट झर्यो र एक दिन नदी निस्कियो । 

कोही मरे कोही फिर्ता पनि आएका थिए 
यो गुफामा स्थानीय मिडियाहरुका अनुसार कोही मानिस मरेका र कोही फिर्ता पनि आएका थिए । सन् १९८६ मा एक विदेशी पर्यटक सात दिनसम्म गुफामा फसेर पछि सजिलै निस्किएका पनि थिए । तर त्यतिबेला बाढी भने नआएको बताइएको छ । 

अगष्ट २०१६ मा चिनियाँ भाषाका पूर्वशिक्षक तीन महिनासम्म गुफामा हराएका थिए । उनले त्यतिबेला गुफामा तपस्या गर्न जानलागेको बताएका थिए । पछि उनको कति खोजी गर्दा पनि भेटिएका थिएनन् तर अचानक तीन महिनापछि भने उनी एक रिसोर्टमै फेला परेका थिए । त्यस्तै कतिपय मानिसहरु भने गुफाभित्रै मरेका पनि बताइएको छ । 

बीबीसीबाट अनु्दित । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै