• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेका नयाँ सिइओ अर्याललाई नेप्सेको लाल सलाम, झण्डै १८ अंकले गिरावट

kharibot

काठमाडौं । नेप्सेले नयाँ प्रमुख कार्यकारी अधिकृत रमेश अर्याललाई लाल सलाम गरेको छ ।

सरकारको यही असार २२ गते बसेको मन्त्रिस्तरीय बैठकले अर्को व्यवस्था नभएसम्मको लागि अर्याललाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेकोमा अर्यालले आज नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरी कार्य सुभारम्भ गरेका थिए । 

तर आज नै नेप्से १७ दसमलव ९६ अंकले घटेर १२ सय छ दसमलव ४३ बिन्दुमा झर्दा सेन्सिटिभ तीन दसमलव आठ अंकले घटेर दुई सय ५३ दसमलव ९३ अंकमा झरेको छ । 

एक सय ६७ कम्पनीहरुको चार हजार दुई सय ४४ वटा कारोवारमा १० लाख ९७ हजार ६७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४१ करोड आठ लाख ३४ हजार आठ सय ७७ रुपैयाँ पुगेको छ । 

नेप्सेमा १० वटा समुहको कारोवार भएकोमा टे«डिङ र उत्पादनमुुलक समुहको सुचक सामान्य अंकले बढेर हरियो देखिएपनि बाँकी आठ वटा समुहको सुचक घटेर रातो देखिएको छ ।

सबैभन्दा उच्च अंकले घटेको बीमा समुहको सुचक एक सय ३० दसमलव ३२ अंकले घटेर छ हजार एक सय १० दसमलव ४२ बिन्दुमा झरेकोमा २० करोड ४९ लाख ७३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

बाँणिज्य बैंक समुहको सुचक पनि १६ दसमलव ४२ अंकले घटेर एक हजार २० दसमलव ४० बिन्दुमा झरेकोमा नौ करोड ५६ लाख ९२ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी बिकास बैक समुहको सुचक पनि १८ दसमलव छ अंकले घटेर १४ सय १८ दसमलव १२ बिन्दुमा झरेकोमा एक करोड ८५ लाख ९२ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

आज जलबिद्युत समुहको सुचक पनि २२ दसमलव एक अंकले घटेर १४ सय ५८ दसमलव २७ बिन्दुमा झरेकोमा एक करोड सात लाख ३१ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । लघुबित्त, होटल, फाईनान्स र अन्य समुहको सुचकमा पनि उच्च बिन्दुले गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा कन्काई बिकास बैकको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ६९ पैसाले बढेर एक सय ३४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको शाईन रेसुंगा डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ६६ पैसाले घटेर दुई सय ६६ रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारको आधारमा अग्रस्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको १२ सय ७० रुपैयाँ अन्तिम मुल्यमा १४ करोड ८० लाख ६४ हजार दुई सय ६० रुपैयाँको कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै