• २०८१ बैशाख ६ बिहीबार

गैरआवासीय नेपाली सङ्घ जापानको निर्वाचन सम्पन्न

kharibot

टोकियो (जापान) । गैरआवासीय नेपाली सङ्घ जापानमा निर्वाचनमार्फत पदाधिकारी चयन भएका छन् । 

नया“ नेतृत्व चयनका लागि दुईसाता लामो गृहकार्य सफल नभएर आइतबार भएको निर्वाचनमार्फत गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले नया“ कार्यकालका लागि पदाधिकारी टुंगो लगाएको हो । 

सन् २०१७ देखि २०१९ का लागि काम गर्न इच्छा जनाएका उम्मेदवारबीच सहमति नभएका पदमा निर्वाचन भएको निर्वाचनले विजयी भएकाहरुले फराकिलो मतान्तरबाट प्रतिद्वन्द्वीलाई हराएका छन् । 

सहमति हुन नसकेका पदमध्ये उपाध्यक्षमा शिवप्रसाद पौडेल र सरोजकुमार खत्री निर्वाचित भएका छन् । पौडेलले चार हजार २७६ र खत्रीले तीन हजार ९५८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । महिला उपाध्यक्षमा अनिता गुरुङ सहमतिमा विजयी भएकी छन् । 

निर्वाचन समितिका अनुसार अध्यक्षमा टासीवाङदी लामा, वरिष्ठ उपाध्यक्षमा देवीलाल भण्डारी, महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा कालिका थापा सहमतिमा दुईसाताअघि विजयी भए पनि अन्य पदमा आइतबार साँझसम्म निर्वाचन भएको थियो । 

सचिवमा प्रतिद्वन्द्वी वासुदेव लामिछानेलाई हराउँदै जनकविक्रम शाहीले तीन हजार ७७४ मत पाएर विजयी भए । लामिछानेको पक्षमा जापानभरबाट तीन हजार १९१ मत खसेको थियो । सहकोषाध्यक्षमा एकल उम्मेदवार भएर रामबहादुर थापा दुईसाताअघि निर्वाचित भएका छन् । 

त्यस्तै, पाँचजना सदस्यका लागि २१ जना प्रतिस्पर्धी भए पनि निर्वाचनमा खसेको सात हजार ५०३ मतमध्ये हस्त लामाले तीन हजार एक मत पाएर विजयी भए । बालकृष्ण कँडेलले दुई हजार ५८७, लालबहादुर रावलले दुई हजार ५६२, नारायण खड्काले दुई हजार ४४४, राजनकुमार पौडेलले दुई हजार ४१२ मत पाएर विजयी भए । 

त्यस्तै, एकजना महिला सदस्यमा सिर्जना पाण्डेले प्रतिद्वन्द्वी गीता आचार्य र कमला गैरेलाई फराकिलो मतान्तरबाट पराजित गरे । पाण्डेको तीन हजार ३४० मत थियो भने पराजय भोगेका आचार्यको दुई हजार ८५५ र गैरेको पक्षमा ७८६ मत खसेको थियो । 

अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा अनुज थापा, डिलाराम खरेल, दिनेशकुमार गुरुङ, कपिलदेव थापा, केशर गिरी पनि साताअघि नै निर्विरोध चयन भएका थिए । 

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा साताअघि टुंगो लागेपनि अन्य पदका उम्मेदवार निर्वाचनमा जाने भनेपछि आइतबार बेलुकासम्म विद्युतीय मतदानमार्फत निर्वाचन भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै