• २०८१ बैशाख १४ शुक्रबार

धेरै उमेर अन्तरका बलिवुडका रियल जोडी 

kharibot

मुम्बई । बलिवुडमा अहिले प्रियंका चोपडाको प्रेम प्रसंगले निकै चर्चा पाएको छ । प्रियंकाले आफु भन्दा १० बर्ष कम उमेरका निक जोन्सनसँग अहिले रोमान्स गरिरहेकी छन् । दुवै हरेक दिनजसो सार्वजनिक ठाउहरुमा सँगै देखिन थालेका छन् । प्रियंका निकको यस प्रसंगपछि बलिवुडमा धेरै उमेरको फरकमा जोडीको चर्चा हामीले यस रिपोर्टमा गर्न खोजेका छौ ।

धेरै उमेर फरक भएका जोडीको कुरा गर्दा बलिवुडका चर्चित अभिनेता दीलिपकुमार र सायरा बानुको नाम आउछ । सायरा १२ बर्षकी हुदा ३४ बर्षका दीलिपकुमारको प्रेममा परेको फिल्मफेयरले उल्लेख गरेको छ । दुवैले १९६६ मा सायरा २२ र दीलिप कुमार ४४ बर्षको हुदा विवाह गरेका थिए ।

त्यस्तै बलिवुडका चर्चित अभिनेता आमिर खानले सन् २००५ मा आफूभन्दा ९ बर्ष कम उमेरकी किरण रावसँग दोस्रो विवाह गरेका थिए । आमिर खान अहिले ५३ बर्षका भए भने किरण ४४ बर्षकी भइन् ।

त्यस्तै अभिनेता सैफअली खान र अभिनेत्री करीना कपुरले सन् २०१२ मा विवाह गरेका थिए । उनीहरुको उमेरमा पनि १० बर्षको फरक रहेको छ । सैफ अहिले ४७ बर्षका भए भने करीना ३७ बर्षकी भईन् ।

त्यसैगरी अभिनेता शाहिद कपुर र मीरा राजपुतले २०१५ मा विवाह गरेका थिए । उनीहरुको उमेरमा पनि १४ बर्षको अन्तर रहेको छ । शाहिद अहिले ३७ बर्षका भए भने मीरा २३ बर्षकी भईन ।

त्यसै गरि अभिनेता रितेश देशमुख र उनकी पत्नी जिनेलिया देशमुखको उमेरमा पनि ९ बर्ह्सको अन्तर रहेको छ । रितेश अहिले ३९ बर्षका भए भने जिनेलिया ३० बर्षकी भईन ।

त्यस्तै अहिलेका चर्चित लभबर्ड रनबीर कपुर र अभिनेत्री आलिया भट्टपनि छिट्टै विवाह बन्धनमा बाधिन सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनीहरुको रोमान्सको चर्चा अहिले बलिवुडमा हरेक दिन भैरहेको छ । उनीहरुको उमेरको अन्तर पनि १० बर्षको रहेको छ ।रनबीर कपुर अहिले ३५ बर्षका भए भने अलिया २५ बर्षकी भईन ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै